काठमाडौं । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनले ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेका थिए । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

शंकर ग्रुपले हालै शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।

ग्वान्झाओ जाने बेला २२ टन सामान ल्याउने भनिएपनि जहाजले ७.५ टन मात्र लिएर फर्कियो । त्यसबेला ल्याइएको स्वास्थ्य सामग्रीमा सीजी ग्रुप, नर्भिक अस्पताल र केही मेडिकल सप्लायर्सबाहेक बाँकी सामान शंकर ग्रुपकै थियो ।

त्यही बेला शंकर ग्रुपले नै अरुको सामान नल्याउन लगाएको हुनसक्ने आशंका गरिएको थियो । अहिले शंकर ग्रुपका सञ्चालक नै कालोबजारीको आरोपमा पक्राउ गरेपछि त्यसबेला आफूहरुले गरेको आशंका पुष्टि भएको एक व्यवसायी बताउँछन् ।

कुटनीतिक नियोगको गाडी चढेर कालोबजारी

शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । तीमध्ये ज्वरो नाप्ने थर्मल गन मालिक सुलभ अग्रवालले दोब्बर बढी रकममा विक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो । तर, प्राविधिक समस्याका कारण महाशाखाको अपरेशन सफल भएको थिएन । मंगलबार दिउँसो भने नक्सालमा अग्रवाल ६७ वटा थर्मल गन विक्री गर्न लाग्दा एन् िप्रहरीको घेराबन्दीमा परे ।

कीर्गिस्तानमा अवैतानिक महाबाणिज्य दूत समेत रहेका उनले कूटनीतिक नियोगकै नम्बर प्लेट प्रयोग गरेका थिए । स्रोतका अनुसार नक्सालमा २०९८ सीसी वान नम्बरको गाडीमा चढेर अग्रवाल थर्मल गन विक्री गर्न पुगेका थिए । तर, सामान दिन नपाई अग्रवाल समातिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter