काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्धारित समयभन्दा केही ढिला गरी साढे ४ बजे बैठक सुरु भएको हो। 

बैठकमा भौतिक दूरी कायम गर्दै नेता सहभागी भएका छन्। ‘भौतिक उपस्थितिसहितको सामाजिक दूरीका साथ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ’, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने। 

 बैठकको सुरुमा प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम र उपचारको क्रममा चालिएका कदमबारे जानकारी गराएका छन्। थापाका अनुसार ओलीले सरकारले चालेका केही कदमको उपलब्धि र सजगताबारे सचिवालय सदस्यलाई जानकारी गराएका हुन्। 

‘बैठकमा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोभिड-१९ अथवा कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूको बारेमा बैठकलाई जानकारी गराउनु भएको छ’, थापाले फेसबुकमा लेखेको छन्। 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter