पोखरा , जेठ १५ : स्याङ्जामा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ स्थायी ठेगाना भएका र सोही नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षीया महिला गरी तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको हो ।

निर्देशनालयका अनुसार, संक्रमित तीनै जनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ८८९ पुगेको छ । बुधबारसम्म ८८६ जना कोरोना संक्रमित रहेका थिए । 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter