निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत कास्की २(१) भित्रका योजना अवलोकन तथा अनुगन सम्पन्न भएको छ ।

कोभिड-१९ कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन लागू गरेको बेला मुलुकभर विकास निर्माणको काम ठप्प भएको थियो तर गण्डकी प्रदेशमा भने लकडाउनको कारण रोकिएका विकास निर्माणको कामले पछिल्लो समय निरन्तरता पाएको छ ।

यसै बीच कास्की निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित सांसद कृष्णबहादुर थापाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत समावेश गरेका सम्पूर्ण योजनाहरु गण्डकी प्रदेश सांसद गायत्री गुरुङको संयोजकत्वमा योजना अवलोकन तथा अनुगन सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति कास्की उपप्रमुख सावित्री भण्डारी, सदस्य तोरण बानियाँ, सिता विक , जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका डिभिजन इन्जिनियर किरण आचार्य तथा सोहि वडाका वडाध्यक्षले अवलोकन तथा अनुगमनले गरेका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा पूर्वाधार विकासका लागि एक निर्वाचन क्षेत्र बराबर २ करोड निकासा भएको थियो । कास्की निर्वाचन क्षेत्र २ (१) मा रहेका वडा नम्बर ७, १५, १७, २१ र ३३ भित्र रहेका योजनाहरुको अनुगमनका क्रममा सांसद गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसद थापाले वडा नम्बर २१ र ३३ समावेश गरेका सडकहरु फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेकामा खुशी व्यक्त गर्दै कास्की स्याङ्जाको जान आउन बाइपास रोडको लागि उत्तम रहेको र वैकल्पिक मार्गका रुपमा समेत प्रयोग गर्न सकिने बताइन् । गुरुङले वडा नम्बर ७, १५ र १७ मा समावेश गरिएका योजनाहरु जनताको दैनिक जीवनमा सहयोग पुर्याउने खालका भएकोमा धन्यवाद व्यक्त गरिन् । कोभिड-१९ कोरोना भाइरसको महामारीको संकटको समयमा योजनाहरु सम्पन्न भएको र कति योजनाहरु अन्तिम चरणमा रहेको हुदा अन्तिम चरणमा रहेका योजनाहरु छिटो सम्पन्न गर्न निर्माण समितिलाई निर्देशन गर्नुभयो । सांसद गुरुङले कास्की २(१) भित्रका योजनाहरु समग्र रुपमा हेर्दा जनताले चाहेको र अनुभूति गर्ने सक्ने ठाउमा लगानी भएको र आगामी दिनमा अझ जनभावना अनुसार योजना बनाउन सांसद थापालाई अनुरोध गर्नुभयो ।

जिल्ला समन्वय समिति कास्की उपप्रमुख सावित्री भण्डारीले सुगम भेगभन्दा क्षेत्र भित्रको पिछडीएको भेगमा योजनाहरु समावेश गरेकोमा खुसी सहित धन्यवाद व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति सदस्य तोरणबहादुर बानियाँले कास्की २(१) का योजनाहरु सन्तोषजनक रहेको र    योजनाहरु आर्थिक बर्षको अन्तिम समयमा नगरी असोज मसान्तसम्ममा सबै टेण्डर प्रक्रिया सकी चैत्र मसान्तसम्ममा योजनाहरु सम्पन्न गर्नुपर्नेमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

योजना अनुगमनको क्रममा लकडाउनको समयमा काम सुचारु भएता पनि कतिपय ठाउमा कामदारको अभावका कारण सोचेको लक्ष्य अनुरुप भेट्न नसकिएको र तोकिएको समय सिमा भित्र काम सम्पन्न हुने जलश्रोत तथा  सिचाइ विकास डिभिजन कार्यालयका प्रमुख ई किरण आचार्यले बताउनुभयो । 

अनुगमन सकिए लगत्तै सांसद कृष्णबहादुर थापाले अनुगमनमा उपस्थित गण्डकी प्रदेश सांसद गायत्री गुरुङको, जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सावित्री भण्डारी, सदस्य तोरण बानियाँ, सिता विक , जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका डिभिजन इन्जिनियर किरण आचार्य, इन्जिनियर प्रयास कार्की तथा कास्की २(१) भित्र रहेका वडाका वडाध्यक्षहरु सम्पूर्णलाइ धन्यवाद दिदै सुझाव भए दिनुहुन अनुरोध गर्नुभएको थियो । 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter