संवाददाता, पोखरा

जन्मदिनको अवसरमा कुशुम कृष्ण आयुर्वेद फर्माका सञ्चालक कृष्ण राउतले पोखराको मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । राउतले नगद १० हजार १ सय र डाइपर आश्रमकी सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तर गरे ।

आश्रमलाई प्राप्त सहयोगले सामाजिक कर्ममा लाग्नेहरुलाई हौसला मिलेको बताइन् । सहयोगप्रति उनले राउतलाई धन्यवाद व्यक्त गरिन् । आश्रममा ३ महिनाका बालक देखि ९० वर्षसम्मका १ सय ३ जना बेसहारा छन् । तिमध्ये झन्डै ८५ जना मनोरोगी रहेको स्वंयसेवक रोजीना जिसी र संगीता नेपालीले जानकारी दिए ।

कार्यक्रममा उपस्थित नेचर केयर होम आयुर्वेद अस्पतालका अध्यक्ष केबी थापाले राउतको समाजप्रतिको उत्तरदायित्व प्रशंसनीय भएको बताए । राउतकाे सहयाेगमा आफ्नाे सदैव साथ रहने उनले सुनाए ।

जन्मोत्सवमा हुने फजुल खर्चलाई सामाजिक योगदानको क्षेत्रमा खर्च गर्ने गरी सहयोग गरेको कृष्ण राउतले सुनाए ।

‘निस्वार्थ भावले बेसहारालाई सहारा दिने संस्थालाई सहयोग गर्न पाउँदा आनन्द मिलेको छ,’ उनले भने, ‘भड्किलो खर्चलाई नियन्त्रण गर्न यस किसिमको कामले अन्यलाई पनि प्रेरणा मिलोस् र सामाजिक योगदानको कर्तव्य ठानुन भन्ने सोच छ ।’

आश्रममा रहेको व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्दै राउतले आयुर्वेद चिकित्सको सल्लाहमा आयुर्वेद औषधि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कविराज निरीक्षक शरद आचाइले राउतको समाजसेवाप्रतिको योगदानको प्रशंसा गरे । कोरोना विरुद्धको लडाईमा करिब ५ लाख रुपैयाँ बराबरको औषधि गण्डकीका ९ जिल्लाका आइसोलेसन र क्वारेन्टिनमा वितरण गरेका थिए ।

रोगप्रतिरोध क्षमता वृद्धि गर्ने गुण भएका आयुर्वेद औषधि हस्तान्तरण गर्ने कार्य अत्यन्त सराहनीय भएको उनले बताए ।

कार्यक्रमका संयोजक लोक गायक तथा साहित्यकार कृष्णप्रसाद गौतमले राउतको सेवामय उर्जाको खुलेर प्रशंसा गरे । आश्रमलाई सहयोग गर्नेबारे केहीबेरको छलफल पछि नै तय भएको सुनाउँदै गौतमले छोटो समयमा सहयोग गर्न तयार भएको देखेर आफू नै छक्क परेको सुनाए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter