पोखरा, १ भदाै । आफ्नै नवजात शिशुको हत्या अभियोगमा कास्की प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

तनहुँ व्यास नगरपालिका ६ घर भई कास्कीको रुपा गाउँपालिका ४ खाल्टे बस्दै आएकी ३३ वर्षीया रिता मल्ल सिंहलाई घटनाको ५ दिनपछि पक्राउ गरेको हो ।

साउन २७ गते दिउँसो पौने २ बजे रुपा ३ स्थित टाकान्जामा नवजात शिशुको शव फेला परेको थियो । शव फेला परे लगत्तै अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकको टोलीले साउन ३२ गते मात्र सिंहलाई पक्राउ गरेको हो ।

शिशु हत्याको अभियोगमा पक्राउ परेकी सिंहलाई ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए । घटनाउपर थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter