मानिसहरु शिक्षालाई नै ठूलो अस्त्र मान्छन् । मानिस सफलताको एकमात्र ठूलो सुत्र शिक्षा हो भनिन्छ । तर कोही व्यक्तिहरु शिक्षा बिना पनि यति सफल भइदिन्छन् । हामी आश्चर्यमा पर्छौ । उनीहरु व्यावहारिक ज्ञान बाट अघि बढ्छन् ।

कक्षा ८ मा फेल मिलन राईले जब हवार्ड विश्वविद्यालयमा लेक्चर दिन निम्तो पाए । विश्वले चिनेको तर नेपालीले नचिनेको एउटा अनुहार ।

फोहोर उठाउने मिलन राईको कथा यसरी सुरु हुन्छः


नयाँबानेश्वरमा अघिल्लो दिन जुलुशले फालेको फोहोर टिपिरहेको फोटो बिहानै सामाजिक संजालमा फोटो शेयर भयो । सबैतिर द्वन्द चलिरहेको बेला सानो तिनो काम गरेर मान्छे चर्चा कमाउन खोजेको होला भन्ने लागेर कतिले वास्तै गरेनन् तर दिउँसो हुँदा नहुँदै सार्वजनिक पहिचान बनाएका व्यक्तिले पनि उक्त फोटो शेयर गरे पछि एकाएक चर्चा बन्यो । त्यसपछि के रहेछ भनेर जिज्ञासा उब्ज्यो र खोजी हुन थाल्यो मिलन राईको ।

नयाँबानेश्वरमा कोठा भाडा लिएर एक्लै बस्ने उनी बेलुका मात्र फेला परे । हामीले खासै नचिनेको मिलनलाई त्यतिबेला उनको ‘ह्वाईट बटरफलाई’ सेतो पुतली अभियानका निम्त्ति संसारभरीका ठूलो सिर्जनशील घेराले चिन्दै आएको छ ।

बेल्जियमको ब्रसेल्समा आक्रमण हुँदा त्यहाँ शान्तिको आह्वानमा सेतो पुतलीहरु प्रयोग भएका थिए । त्यतिबेला ब्रसेल्स स्थित स्टक एक्सचेन्जको भित्तामा मिलन राईका सिर्जनाका पुतली उडाईएको थियो । गार्डियन लगायतका यूरोपका महत्वपूर्ण अखबारहरुले यससम्बन्धि समाचार पहिलो पृष्ठमै प्रकाशित गरेका छन् । इन्स्टाग्राममा ब्रसेल्स अट्याक्ट भनेर खोजियो भने मिलन राईका पुतली प्रयोग भएका तस्वीर फेला पर्छन् ।

बेल्जियम मात्र होइन । मिलन भन्छन् ‘संसारका ४० वटा बेग्ला बेग्लै भवनमा मेरो पुतली प्रयोग भईरहेका छन्’ अफ्रिकाका नामै नसुनेका देशहरुमा समेत उनको पुतली प्रयोग भईरहेका छन् । आफू कहिल्यै नपुगेको ठाउँमा आफ्नो सिर्जन यसरी पुगी रहेको छ । अझ बढी त्यसले यहाँको सामाजिक अभियानमा काम गरिरहेको छ भन्दा मिलन दङ्ग छन् ।

यसरी फेला पर्ने तस्वीरहरु उनी फेसबुकमा पोष्ट छुटाउँदैनन् । आन्दोलनमा प्रयोग गर्छन् त कसैले शान्तिको आह्वानमा मिलन भन्छन् ‘प्रेमको निम्त्ति पनि पुतलीको प्रयोग भईरहेको छ ।’

संसारभरी पुतली उडाउँदै गरेका मिलनले छोटो समयमै चर्चा भन्दा बाहिर रहेर मुलुक बाहिर र भित्र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिसकेका छन् । त्यसको उल्लेख गर्नुभन्दा पहिले खासमा नयाँबानेश्वरमा फोहोर टिप्ने मात्र उनको उद्देश्य थिएन् । फोहोर त महानगरपालिकाले सफा गथ्र्यो । सबै फोहोर जम्मा गरेर माइतीघर मण्डला अघि जम्मा गरेर चिता जस्तै बनाई त्यसमाथि पल्टने योजनामा थिए । त्यो एकखालको प्रतिकात्मक अभिव्यक्ति हुने थियो ।

हामीले फाल्ने फोहोरले अन्ततः हाम्रै विनाश गर्छ भनेर मिलन त्यसको कलात्मक प्रस्तुती दिन चाहन्थें । जुलुस फालेको त्यत्रो फोहोर देख्दा देख्दै वास्तै नगरी हिड्ने सहरवासी उनलाई निद्रामै हिड्छन् क्या हो ? भन्ने जस्तो लागेको थियो । त्यसैले मानिसलाई व्युझाउँने उनको उद्देश्य थियो । यो घटना केही समय अगाडीको हो । उनी पाँचै बजे उठेर गए प्लाष्टिकका बोत्तल, खैनीका डब्बा, नारा लगाएका पर्चा पम्प्लेट टिपे छ बजे महानगरपालिकाका ‘स्विपर’ आउन थाले । त्यसपछि मिलनको अप्ठ्यारो सुरु भयो । उनले थुपारेको फोहोर तिनीहरुले बेग्ला बेग्लै कन्टेनरमा हालेर लगे । उनीहरुको कामलाई पनि रोक्न उचित लागेन मिलनले उल्टो सहयोग नै गरे अन्तिममा नजिकैको चिया पसलमा लगेर सबै कर्मचारीलाई आफ्नै खर्चमा चिया खाजा खुवाए ।

फर्किएर आए पछि उनले त्यसको फोटो फेसबुकमा शेयर गरे यो भाइरल भयो । त्यतिन्जेल सम्म ठिकै थियो । जब उनले गरेका कार्यहरुको बुझ्दै नबुझी समाचार आउन थाल्यो उनीलाई चित्त दुख्न थाल्यो । नबुझेर भोला रिजालको विरोध गरेको भनी परिभाषित गरिदिए । उनी भन्छन् ‘यो त मेरो फोहोर विरोधी र सभ्यता स्वच्छता पक्षधर पो थियो । यसलाई संकुचित बनाइयो ।’ उनका अनुसार यो काम कुनै व्यक्ति विशेषको विरोधमा थिएन् । यसलाई यस रुपमा सोच्दा अर्को नकारात्मकता जन्माउँथ्यो । जुन मिलनले कहिल्यै चाहेँका थिएनन् ।

मिलन मूलतः कलाकार हुन् उनी पेन्टिङ्ग गर्छन् । तर यससम्बन्धि कहिल्यै कतै तालिम वा अध्ययन गरेका छैनन् । नत उनी नेपाल भित्र कलाकालहरुको सर्कलमा भिजेका छन् यस्तै अवस्थामा सन २००७ मा भारतमा आयोजना गरिएको पेन्टिङ्ग प्रतियोगितामा भाग लिएका थिए उनले नेपालमा पहिचान बनाएका कलाकारको नाम पनि सुनाए उनले त्यस प्रतिस्पर्धामा भाग लिन विद्यार्थीको विधामा भाग लिन चाहे तर उनी सँग कुनै शैक्षिक संस्थाको अनुमति पत्र थिएर जे पर्ला पर्ला भनेर व्यावसायिक विधामै आवेदन दिए ।

प्रोफेशनलमै उत्कृष्ट १० मा परेको खबर आयो । उनी चकित परे ‘लाइट’ शिर्षकमा सेमी एक्स व्याक पेन्टिङ्ग’ थिम थ्यो । त्यसको केही साता पछि उनी प्रथम नै भएको खबर आयो त्यसको प्रर्दशनी पटनामा भएको बेला उनी पनि गएका थिए । त्यसपछि हौसिएर मिलनले काठमाण्डौंमा पनि प्रर्दशनी गरे, पेन्टिङ्ग त राम्रै बिक्री भयो । ‘तर मलाई कहाँ चित्त बुझेन भने कति थोरै घेरा छन् यहाँ पेन्टिङ्ग हेर्नेहरुको । सानो घेरामै मानिस दोहोरि रहेका हुन्छन् किन्नेले किने पछि लगे पछि सिधियो । सडकमा रहेका आम मानिसका पहुँच भन्दा कति पर छ पेन्टिङ्गको मलाई ग्यालरी साघुँरो लागेपछि ठेलेर बाहिर निस्कन मन थियो ।’

त्यसपछि उनले प्रत्यक्ष सांगीतिक कार्यक्रमका रेष्टुरेण्टहरुमा गएर उनीहरुले संगीत सुनिरहेको लाइभ पेन्टिङ्ग बनाउन थाले । ‘अलि फराकिलो जमात त भयो । तर पनि हुने खाने कै पहुँचमा सिमित भईयो । त्यसपछि म अर्को अभियानमा लागे’ जो–जो भेट हुन्छ, त्योसँग एयरफोन माग्दै हिन्ने त्यसरी मैले एक वर्षमा चार हजार ओटा एयरफोन जम्मा गरेको त्यतिबेला मिलनलाई एयरफोन वस्तु मात्र नभएर उनलाई सुम्पने हजारौँ मानिसहरुसँग अन्तरङ्ग जोडिएको साधना थियो । कसैले कुनै समय मिठो गित सुनिरहेका होलान् त कसैले आफ्नो प्रेमिकासँग संवाद गरेका होलान् । त्यस्तो महत्वको कुरा फेरी फिलिङ डिपोजिट भएको हुन्छ ।

मिलन भन्छन् ‘यसलाई मैले आम मानिसका आवाज नसुनिएका बेला समाज र राजनीतिसँग जोड्दै कलात्मक प्रर्दशनी गर्न खोजे यी चुपचाप एयरफोनहरु प्रस्तुत गर्न मान्छेको मनमा चर्को ध्वनी निकाल्न चाहन्थे । उनी प्रतिस्थापन कलाका लागि माइती घर मण्डला छनोट गरे तर महानगरपालिकाले प्रर्दशनीको अनुमति नै दिएन् । अब के गर्ने घोरिदा घोरिदै एकदिन सातदोबाटो स्थित उनको स्टुडियोको छेउमा पुतली आएर बस्यो । सुरुमा त्यति वास्ता गरेनन् । रमाइलो लागेपछि एकछिन त्यता हेरेँ हेर्दा हेर्दै गज्जबको आईडिया दिमागमा जन्मियो । त्यति सामान्य चिजले पनि गज्जबसँग ध्यान तानिरहेको थियो ।

उनले हामी अभिव्यक्त गर्न जटिल तरिकाले सोच्छौं जबकी सामान्य चिजबीजले कति गहन अर्थ दिईरहेका हुन्छन् । उनले कागजको पुतली बनाएर सार्वजनिक स्थानको रुखको ढुँटामा लगेर टाँसे । भोलीपल्ट गएर हेर्दा मानिसले फ्याँकिसकेका रहेछन् । मैले मनमनै उडेँर गएको कल्पना गरेर निरन्तर फरक–फरक ठाउँमा राख्दै गए उनले भने मैले हरेक नयाँ नयाँ ठाउँमा मेरो पुतली टाँसेको देख्दा आन्नद लाग्थ्यो । एउटा विन्दुमा गएर उनीसँग भएको सबै पैसा सकियो ।

त्यसपछि कहाँबाट अगाडी बढाउने ? उनी स्पोन्सर खोज्न गए । सबैले हाँसेर उडाए । आफूले बनाएका पुतलीहरुको फोटो फेसबुकमा राख्न थाले । यो लगाव देखेर फेसबुक प्रयोगकर्ताहरुबाट थोरै लगानी उठ्न थाल्यो । त्यसपछि उनी सिढीँ बोकेरै पुतली टाँस्दै हिड्न थाले । सात आठ महिनापछि यूरोपतिरबाट उनको कामको प्रशंसा हुन थाल्यो ।

उनीहरुले मिलनसँग पुतली माग्न थाले । स्कटल्याण्ड, बेलायतबात मागे त्यसपछि जर्मनीबाट त मिलनलाई निम्तानै आयो । यूरोपका धेरै मुलुकमा पटक–पटक बोलाए उनले ती ती स्थानमा गएर पुतलीको उडान भरिदिए । त्यसपछि अमेरिकामा बोलाए उनी जहाँ जहाँ जादा पनि सुटकेश भरी पुतली बोकेर जान्थे । र सबैतिर प्रर्दशन गर्थे । दुई महिना अघि मेरो दोस्रो पटकको अमेरिका भ्रमण विशेष थियो उनले हर्वाड विश्वविद्यालयका विद्यार्थीहरुसँग अन्र्तक्रिया र उनीहरुलाई लेक्चर दिन मलाई बोलाईएको थियो ।

उक्त विश्वविद्यालयले कलाकारको निम्त्ति गरेको खुल्ला आह्वानबाट उनी छनौट परेका थिए । कलालाई ग्यालरीमा राख्ने भन्दा यसले समाजमै कसरी परिवर्तनमा सघाउँ पुग्छ भन्ने बारे विश्वभरीका कलाकारलाई यो खुल्ला निमन्त्रणा थियो । एशियामा यो प्रतिस्पर्धामा मिलनले जित हाँसिल गरे । त्यतिबेला हर्वाडका फ्याकल्टी विद्यार्थीहरुलाई लेक्चर पनि दिनुपर्ने थियो । एक साताको यो कार्यक्रममा मिलनलाई प्रत्येक लेक्चरको पारिश्रमिक एक हजार डलर दिइएको थियो । ‘मैले कसैसँग जीवनमा कलाकारिता नसिकेरै र कक्षा ८ मा फेल भएर पढाई छाडेको मान्छे हुँ’ उनी भन्दै थिए ।

मुल घर भोजपुरमा जन्मिएका उनी धरानका बासिन्दा रहेछन् । बुवा ब्रिटिश गोर्खा सैनिक भएकाले हङकङमा बस्थे । त्यसैले मिलनको प्रारम्भिक बाल्यकाल हङकङमै बित्यो आठ वर्ष त सामान्य बित्यो । उनी भन्छन् ‘तर कक्षा ८ भने मोरीगए छिचोल्न सकिन् । पढ्दै नपढ्ने भएकाले कतै पनि भर्ना पाइन् । त्यसपछि शहर नै परिवर्तन गरी काठमाडौं आए ।’

उनी आफू नपढेको भएपनि आफ्ना भाई वा नजिककालाई कदापी पढ्नु हुदैन भन्ने सल्लाह दिदैनन् । पढाई मेरा लागि लागू हुन सकेन् तर पढाई मानिसको लाइफलाइन हो । चार जनाको परिवारमा बुबाआमा भाई बेलायतमै बस्छन् । मिलनलाई काठमाडौं छाडेर अन्त कतै जानै मन लागेन ।

उनी कहिले रेलिङ्ग भाच्चिएको थापाथलीको बाग्मती पुल रङ्गाएर खतरनाक देखाइदिन्छन् । त कहिले मधेशमा आन्दोलन चर्किरहँदा प्रर्दशनकारीको हत्या हुँदा प्लाष्टिक ओढेर रत्नपार्कमा प्रतिकात्मक प्रदर्शन गर्छन् । त्यसैगरी खुल्ला मञ्चको डोममा सातवटा खण्ड देखेपछि इन्द्रेणीको रङ्ग भर्ने कल्पना गरे । नेताको भाषण गर्न त्यो फुस्रो ठाउँमा आफूले ईन्द्रेणीको रङ्ग पोत्न खोज्दा महानगरपालिकाले नदिएपछि आधारातमै साथीहरु सहित रङ्ग्याएदिएको घटना सम्झदा अहिले पनि उनलाई रमाइलो लाग्छ ।

चक्रपथ विस्तारको क्रममा बाह्रसय वटा रुख काट्न लागेको थाहा पाएपछि त उनले अधिकांश रुखमा पुतली मात्र टाँसेनन् । साथीहरु सहित चिनियाँ दुतावास र सडक विभाग अगाडी विरोध नै जनाए । बल्लतल्ल २५ प्रतिशत मात्र रुख बाँचेका भए पनि उनी सन्तुष्ट देखिन्छन् ।

अस्थीर उनको मन केही वर्षयता पुतलीमै गएर अड्किएको छ । यसरी फैलिदैँ गएको पुतली विभिन्न अध्ययन र परियोजनामा प्रयोग भएपछि उनका बारेमा जिज्ञासा पनि उठ्छन् । त्यसैले हुफिङटन पोष्ट, मिरर, गार्डियन, लगायत थुप्रै विश्वप्रसिद्ध अखबारहरुमा उनको फिचर छापिइसकेका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter