पोखरा, १ भदौ । मुलुकमा पहिलोपटक चैत ११ गतेदेखि लकडाउन आह्वान गरियो । उक्त लकडाउनमा आमनेपालीले कोरोना महामारीलाई सजगतापूर्वक अपनाए ।

दैनिकी परिवर्तन भयो । बिहान उठ्नेदेखि बेलुका सुत्नेबेलासम्मका रुटिन परिवर्तन भए । बजार सुनसान बने । मानिसको चहलपहल घट्यो । प्रायः सडक शून्यशून्य भए ।

तर जब सरकारले लकडाउन अन्त्य भएको घोषणा ग¥यो सीमित क्षेत्रलाई बन्देज कायमसहित । त्यसपछिका दिनमा मानौं कोरोना नेपालबाट भागिसकेको भान नागरिकलाई भयो ।

सुरक्षा मापदण्डसहित बजार सञ्चालन गर्ने प्रोटोकल सरकारले जारी गरेपनि कतिपय नागरिकले चुनौती दिँदै आइरहेका छन् ।

त्यसकै जर्बजस्त उदाहरण हो, पोखरामा तीव्र गतिमा फैलिएको कोरोना संक्रमण । बैंक वित्तीय संस्थादेखि सार्वजनिक संस्थाका कर्मचारीलाई पनि कोरोना भाइरसले अत्ताएको छ ।

कोरोनाविरुद्धकाे लडाइँ आत्मविश्वासले होइन सुरक्षा सावधानीले मात्र जित्न सकिने तथ्य बिर्सिएर नागरिक बजार चहार्दा समुदायस्तरमा भाइरस फैलिएको छ ।

पोखरा २७ को वडा कार्यालयमा कार्यरत राजस्वकी १ महिला कर्मचारीमा कोरोना पुष्टि हुँदा १ हप्ता कार्यालय सिल नै गर्नुप¥यो ।

तालचोक लगायतका क्षेत्रमा सञ्चालित वित्तीय संस्थाका केही कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । जसबाट सिर्जित समस्याले संस्था सञ्चालन हुन पाएका छैनन् ।

कोरोनाविरुद्धकाे लडाइँ आत्मविश्वासले होइन सुरक्षा सावधानीले मात्र जित्न सकिने तथ्य बिर्सिएर नागरिक बजार चहार्दा समुदायस्तरमा भाइरस फैलिएको छ । भाैतिक दूरी मानिसले बिर्सिएका छन् । अत्यावश्यकबाहेक बाहिर ननिस्किए पनि हुनेहरु बिनाकामै सार्वजनिक स्थलमा यत्रतत्र ओइरिँदा कोरोना दूतको भूमिका निभाइरहेका छन् ।

पोखरामा समुदायस्तरमै कोरोना फैलिइसकेकोमा कुनै शंका छैन । बिना ट्राभल हिस्ट्रीका व्यक्तिमा एकपछि अर्को गर्दै कोरोना पुष्टि भइरहँदा भने निष्फ्रिकी बजार चहार्नेहरुले आफूलाई जोखिममा परेको महशुस नगर्दा नियन्त्रणमा असहयोग पुगेको छ ।

केहीले सुरक्षा सावधानी अपनाएको देखिएपनि केहीले भने मास्कसमेत नलगाएको पाइन्छ । मास्क नलगाउनेलाई कास्की प्रहरीले केही दिन निगरानी गरी कारवाही सिफारिस ग¥यो । नागरिकलाई कारवाहीकै दायरामा ल्याएपनि चेत नखुलेपछि कस्को के लाग्छ र !

सीमित स्वास्थ्य पूर्वाधारमा फैलँदो संक्रमणलाई नियन्त्रण गर्न सरकारलाई नै हम्मे परिरहेकाबेला नागरिकले गर्ने भनेको सहयोग स्वःनियन्त्रण नै हो । अनावश्यक हिँडडुँल नगरौं । अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कौं । कोरोनाबाट आफूलाई बचाऊ र अरुलाई पनि जोगाऊ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter