पुस्तकको परिचय
यो पुस्ताक दार्शनिक रोबर्ट नोजिकाका अनुसार “सहमत वयस्क वार्गबिचाका पुजीबादी कार्यहरु’’ मा आधारित नैतिक औचित्यको बारेमा लेखिएको छ । यो पुस्तक सहकारी उत्पादन र मुक्त विनिमय प्रणालीका कार्यहरुको बिशेष प्रबलाताका बारेमा पनि रहेको छ । यसले बिशेष गरेर पुँजिबाद भन्ने शब्द केवल वस्तु तथा सेवाहरुको आदानप्रदानका लागि बजारमा मात्र सान्दर्भिक नभई मानिसहरुको अघिल्लो पुस्ताका लागि अकल्पनीय रहेको र प्राचिन कालदेखि अस्तित्वमा रहेकोले यसले नबिनता, धान, सृस्ती र सामाजिक परिवर्तनका लागि अरबौ मानिसहरुमा सम्वृद्धि ल्याएको कुरा उल्लेख गरेको छ ।
यसका साथै पुस्तकमा पँुजिबादले कानुनी, सामाजिक, आर्थिक, र सास्कृतिक प्रणालीलाई बुझाउछ जसले अधिकारको समानता र क्षमता लाइ फराकिलो पारी विकेन्द्रीकरण नबिन विचार र परिक्षणका प्रक्रियाहरुका माध्यमबाट हुने रचनात्मक बिनाश निम्त्याउछ भनिएको छ । पँुजिबादले मानव रचानात्मकतालाई मानवताको सेवामा उद्यमशीलत, आविस्कारको सम्मान र प्रोत्साहित गरेर राख्छ, यस कारणले हामी जिउने तरिका र उन्नाइसौ सताब्धि भन्दा अघिका हाम्रा पुर्खाहरुको पुस्तौपुस्ताको जिउने तरिका बिचको फरकको ब्याख्या गर्दछ भन्ने लेखकको मान्यता रहेको छ ।


पुस्तक कसका लागि ?
टम जी. पाल्मरद्वारा सम्पादित यो पुस्तक नेपाली पाठकहरु माझ पस्किने काम पोखरा रिसर्च सेन्टरले गरेको छ जसमा अत्यन्तै सरल भाषाको प्रयोग गरिएको छ । यस पुस्तकको मुख्य उद्देश्य नेपाली पाठकहरु जसले पँुजिबाद बास्तबमै के हो भन्ने बुझ्न खोज्छन उनीहरुका निम्ति हो । यसले पँुजिवादका बिसयमा बुझ्नलाई मात्र नभई यसके बुझिसकेका हरुको बुझाइको दयारालाइ अझै फराकिलो बनौन मद्दत गर्ने उद्देश्य राख्छ । साथै यस पुस्तकले बिशेष गरेर बिद्यार्थीहरुलाई पँुजिबादप्रति बिरोध जनाउने अध्यापकहरु सँग तिखा प्रश्न गर्न सहयोग गर्छ ।
बिद्यार्थीहरुका लागि मात्र नभई आर्थिक तथा राजनीतिक विचारहरूमा चासो राख्ने तथा पँुजिवाद सम्बन्धी तर्कलाई बुझ्न चाहने ब्यापारी, राजनीतिज्ञ तथा सर्वसाधारणका लागि पनि पहँुचयोग्य छ ।


पुस्तकको संरचना
पुस्तकको सुरुमा पूँजीवादको नैतिकताको परिचय दियिएको छ जसमा पँुजिवाद सास्कृतिक, आध्यात्मिक र नैतिक मूल्यहरुको एक प्रणालि भएको उल्लेख गरिएको छ । पुस्तकको पहिलो खण्डमा उद्यमशील पूँजीवादको गुण का बिसयमा ब्याख्या गरिएको छ जसमा लेखकले जोन मक्की नामका उद्यमी सँग गरेको अन्तर्वार्ता लाई राखिएको छ । जसमा ब्यापारमा आत्मरुचीको महत्व, ब्यबसायिक संसारमा नैतिक पूँजीवादको रक्षा आदिका बारेमा कुरा गरिएको छ । पहिलो खण्डमै स्वतन्त्रता र मर्यदाद्वारा आधुनिक संसारको ब्याख्या, प्रतिस्पर्ध र सहकारिता, नाफामुखी औसधि र करुणाको मनसाय जस्ता विभिन्न व्यक्ति द्वारा लिखित लेख हरुसमावेश छन् ।
पुस्तकको दोस्रो खण्ड ’’ स्वेच्छिक अन्तरक्रिया र स्वार्थ’’ को सुरुमै नैतिकताको विरोधाभास नामक लेख छ जसमा चिनिया अर्थशास्त्री यवं विद्वान सामजिक उद्यमी माओ युसिले सामन्जस्य र सहकारिता स्थापना गर्नका लागि बजार एकता र सहयोगको भूमिकाबारे बताउछन । त्यसै गरि सोहि खण्डमा बजार आधारित समाजमा समानता र असमानताको नैतिक तर्क, एडम स्मिथ र लोभको मिथक, आयन रेण्ड र पँुजिवादः नैतिक क्रान्ति जस्ता बिषयसँग सम्बन्धित लेखहरु छन् ।
“धनको उत्पादन र वितरण’’ नामको तेस्रो खण्डमा बजारमा आधारित अर्थब्यबस्था र धनको वितरण, राजनीतिक यवं आर्थिक स्वतन्त्रताको संयोजनले मानवताको चमत्कारितालाइ जन्म दिन्छ भन्ने जस्ता विषयमा कुरा गरिएको छ । पुस्तकको चौथो वा अन्तिम खण्ड ’’विश्वव्यापी पुजिकरण’’ को विषयमा छ जसमा विश्वव्यापी पँुजिवाद र न्याय, विशव्यपिकरणको माध्यमले मानवताको उन्नति, स्वतन्त्रताको संस्कृति आदिका विषयमा उल्लेख गरिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter