Nepal Scout Gandaki

प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश स्तरीय युथ फोरम सम्पन्न भएको छ । मङ्सिर १ गते देखि सुरुभएको कार्यक्रममा गण्डकी प्रदेश भरिका विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गर्दै ६० जना रोभर रेञ्जर तथा युवा स्काउट हरूको सहभागिता रहेको थियो ।

नेपाल स्काउट गण्डकी प्रदेशका संयोजक आशिर्वाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाको प्रमुख आथित्यतामा रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री सिम्खडाले युवा सशक्तीकरणका लागि प्रदेश स्काउटले अत्यन्त महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको र आगामी दिनहरुमा प्रदेशभर स्काउटिङ संचालन गर्नका लागि मन्त्रालय सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
युवाशक्ति नै राष्ट्र निर्माणको आधार रहेको र स्काउटको माध्यमबाट युवा तथा बालबालिकाको शारीरिक लगायत बौद्धिक विकास गरी चरित्रवान र नैतिकवान नागरिक बन्न अभिप्रेरित हुने बताउनु भयो।

Youth Forum Planning कमिटीका संयोजक तथा विश्व स्काउट संगठन WOSM Consultant देवराज घिमिरेले स्काउट लाई युवाहरूको आकर्षणको केन्द्र बनाउनुपर्ने र नेपाल स्काउटले युवा लक्षित धेरै कार्यक्रमहरु अगाडि सारिरहेको बताउनुभयो ।

नेपाल स्काउट गण्डकी प्रदेशका संयोजक आशीर्वाद सुवेदीले गण्डकी प्रदेशका धेरै पालिकाहरुमा स्काउटिङ अगाडि बढिरहेको र आगामी दिनहरुमा युवा तथा बालबालिका लक्षित महत्वपूर्ण कार्यक्रमहरु अगाडि बढाउने बताउनुभयो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter