काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले माघ २४ गते हुने राष्ट्रियसभा चुनावका लागि चार प्रकारका आठवटा मतपत्र आयोगले सार्वजनिक गरेको हो ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले अलग–अलग मतपत्रबाट दलित, महिला, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्य चुनिनेछन् ।