१८ माघ, हेटौंडा । प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ गते हुने भएको छ । प्रदेशसभा बैठकअघि बसेको सर्वदलीय बैठकले २७ गतेको बैठकबाट सभामुख चयन गर्ने सहमति भएको हो ।

वाम गठबन्धनमा भएको सहमति अनुसार ३ नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुख दुवै पद एमालेले पाएको छ । उपसभामुख माओवादीले पाउनेछ । प्रदेशसभाको सभामुखमा डोरमणि पौडेलनै कायम हुने एमाले स्रोतले जनाएको छ ।सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने जेष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले बताए । प्रदेशसभामा एमालेको एकल बहुमत छ ।

पौडेलले भने आफ्नो दावी मुख्यमन्त्रीमा रहेको बताए । उनले भने ‘म सभामुख हुने कुरामा त कुनै विवाद छैन, तर अहिलेसम्म मेरो दावी मुख्यमन्त्रीमै छ । पार्टीले निर्णय के गर्छ त्यस आधारमा हुन्छ । मलाई सभामुख बन्नु भन्ने कुरा त पार्टीबाट आइसकेको छ ।’

२०४९ र २०५४ मा दुईपटक हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएर देशकै नमूना नगर बनाएका पौडेल १५ वर्षदेखि नेपाल नगरपालिका संघको अध्यक्ष थिए । ७२ वषर्ीय पौडेल स्थानीय तह पुनसंरचना आयोगको सदस्य पनि थिए ।

पौडेल सभामुख भएमा उपसभामुखमा माओवादीले महिलालाई पठाउनुपर्नेछ । सभामुख निर्वाचनको मिति आजकै बैठकमा पेश हु्ँदैछ ।

२०७४ माघ १८ गते १३:३७ मा अनलाईनखबर डट कममा प्रकाशित

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter