१८ माघ, काठमाडौं । गत बिहीबार राति दरबारमार्गमा भएको युवतीको सामूहिक बलात्कारमा पीडित भनिएकी युवतीको प्रहरी बयान लिन सुरु गरेको छ ।
बुधबार साँझ पीडित युवती काठमाडौं प्रहरी परिसरको सम्पर्कमा आएपछि बयान लिन थालिएको हो ।
परिसर स्रोतका अनुसार पीडित युवतीले उनको प्रेमी भनिएका शैलेश कार्कीसँग सहमतिमै ‘शारीरिक सम्पर्क’ भएको बयान दिएकी छिन् ।
घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय र काठमाडाैं प्रहरी परिसरले छुट्टाछुट्टै समिति गठन गरेकाे थियाे ।
घटनाकाे भाेलिपल्ट शुक्रबार पीडित युवतीले महानगरीय प्रहरी वृत, दरबारमार्गमा माैखिक उजुरी दिएकी थिइन् । तर, प्रहरीकाे मिलेमताेमा घटनालार्इ लुकाइएकाे अाराेप लागेकाे छ ।