काठमाडौं,माघ १८ – नेपाली सेनाको मुख्यालय अब सर्वसाधारणको लागि तीन दिन खुल्ला हुने भएको छ । सैनिक दिवसका अवसरमा सैनिक–नागरिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले जंगी अड्डाले सैनिक मुख्यालय सर्वसाधारणका लागि खुल्ला गर्न लागेको हो। जंगी अड्डाको निश्चित क्षेत्रमा आम नागरिकको प्रवेश खुला गर्ने जनाएको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ।

बृहत प्रदर्शनीमा सर्वसाधारणको लागि २५ माघ दिउसो ४ बजेसम्म र २६–२७ माघमा विहान १० देखि ४ बजेसम्म प्रवेश खुला गरिएको जानकारी सैनिक जनसम्पर्क निर्देशनालयले दिएको छ। पहिलो पटक जंगी अड्डा सर्वसाधारणका लागि खुल्ला हुन लागेको अवसरमा त्यहाँ सैनिक विषयसँग सम्बन्धित बृहत प्रदर्शनीको आयोजना समेत गरिँदैछ, जहाँ नेपाली सेनासँग सम्बन्धित ऐतिहासिक तस्वीरका साथै ऐतिहासिक हतियारहरु, सैनिक उपकरणहरु , पोशाकहरुको प्रदर्शन हुनेछ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter