काठमाडौं,माघ १७ – अवैधरुपमा चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ परेका १७ जनालाई थुनामा राखी थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । पक्राउपछि म्याद थपका लागि बुधवार काठमाडौं जिल्ला अदालतमा पुर्याइएका उनीहरुलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।

गत सोमबार राजधानीबाट अवैध चिकित्सकीय प्रयोग गरिरहेका १७ जनाभन्दा बढी विदेशी नागरिकलार्इ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी)ले पक्राउ गरेको थियो।

राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलिय नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन्।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter