पोखरा , २६ माघ  । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरामा टिभिएस आरटिआर दोस्रो पोखरा राष्ट्रिय पुरुष बास्केटबल २०७४ हुने भएको छ । फागुन ३ देखि ५ गते सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता बारे जनाकारी दिंदै प्रतियोगिताका संयोजक नारायण प्रसाद शर्माले ४० वर्ष भन्दा माथीका खेलाडी सहभागिता रहने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहने बताए । प्रतियोगितामा काठमाडौ बाट तिन टिम, रुपन्देही, तनहुँ, स्याङजा, पर्वत, धरान जिल्ला बाट एक–एक टिम आयोजक सहित कास्की बाट ४ टिमको सहभागिता रहने छ ।

बतास ब्रदर्श प्रालीको मुख्य प्रायोजन र पोखरा लेखनाथ महानगरपालिकाको सह प्रायोजनमा हुने प्रतियोगिता सम्पन्न गर्न ९ लाख ३० हजार खर्च लाग्ने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्र बहादुर सेनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ र दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न नारायण प्रसाद शर्माको संयोजकत्वमा १५ सदस्यिय आयोजक समिती गठन गरिएको छ । सो अवसरमा बोल्दै प्रतियोगिता संयोजक शर्माले नयाँ खेलाडीलाइ खेल प्रति उत्साह जगाउन पनि पूर्व खेलाडीहरुको प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेल मार्फत स्वस्थ्य रहन र खेलाडीहरु विच आपसी मित्रता, सामुहिक भावनाका साथै पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन प्रतियोगिताले भुमिका खेल्ने बताए ।

सो अवसरमा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले पूर्व खेलाडीको पर्दशनले नयाँ पुस्ताका खेलाडीमा उत्साह जाग्ने बताए । उनले पोखराको भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण रहने पिपिपि मोडलमा स्विमिङ पूल निर्माणका लागि डिपिआर तयार गर्न बतास ब्रदर्शलाई आग्रह गरे बमोजिम विविध कारणले काममा ढिला समेत भएको बताए । उनले अब छिट्टै नै पोखरामा स्विमिङ पूल निर्माण कार्यलाई तिव्रता दिइने बताए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter