महेन्द्र पौडेल || सूर्योदय, सूर्यास्त, नजिकैबाट हिमालको आस्वाद लिन पोखराको सराङकोटमा दिनहुँ पर्यटकको भीड देखिन्छ। तर, कमैलाई मात्र थाहा छ, सराङकोट जोडिएको कास्कीकोटबाट यस्तो दृश्य अझ मनोरम देखिन्छ। पोखरा, फेवाताल र खोंचको मनै हर्ने झलक हेर्न पनि कास्कीकोट पुग्नैपर्छ।

कास्कीकोटबाट देखिने सनराइजको दृश्य

झट्ट सुन्दा टाढा कतै लाग्छ तर पोखराको सवै भन्दा नजीकको पर्यटकीय गन्तव्य हो कास्कीकोट । जाहा कस्यप ऋर्षीले तपस्या गरेको तपोभुमी छ, जस्ले गर्दा कास्की जिल्लाको चिनारी नै रहेको छ ।

कास्कीकोट दरबार

सहितसमुन्द्री सतह देखी अठार सय मिटर उचाईमा रहेको कास्कीकोट तल हेर्दा फेवाताल जाहा निस्चल टिलपील पानीको छाल छचल्की रहन्छ । माथी हेर्दा चम्केको माछापुछ्रे त्यहि फेवातालमा पौडि खेलु जस्तो गर्छ । नगवेली फाटमा भयावह अजीङगर जस्तो प्रकृतीको सुन्दर श्रिष्टी हर्पन खोला वगेको छ ।

कास्कीकोटको कश्यप ताल
कास्कीकोटबाट देखिने कश्यप तथा फेवाताल

साचै कास्कीकोट सुन्दर मात्र हैन अती सुन्दर छ जहा को जनजीवनले छुटै मौलिकता झल्काइ रहेको छ । यस रमणिय गाउबाट सनराइजको निकै नै राम्रो दृश्य देखिने गर्छ , आन्तरिक तथा बहिया पर्यटकहरु प्यारागल्याइडिंग ,सनराइजको दृश्य , शाह बंशको उध्घम स्थल , कश्यप ताल तथा फेवाताल आदिको दृश्य हेर्न आएको भेटिन्छ । कास्कीकोट विशेष गरि धार्मिक र पर्यटनको लागि महत्व बोकेको ठाउँ  हो ।

कश्यप ऋषीले तपस्या गरेकाले पुराना कास्की हुदै अहिले कास्की जिल्लाको नामाकरण रहेको जन विशवास रही आएको छ ।

 

 

कास्कीकोट दरबारबाट देखिने माछापुच्छ्रेको दृश्य

विश्वकै हिन्दु धर्मालम्विहरुको एकमात्र शक्तीपिठ रहेको यस क्षेत्रमा नेपालकै एतिहासी पुर्व राजाहरु शाहा वंशको उद्गम स्थल हो, जस्ले नेपाल एकिकरणको इतिहास जोगायर राखेको छ । विन्दवासीनी देखी पश्चीम १३ किलोमिटर दुरीमा रहेको कास्कीकोट पक्की सडक हुदै पुग्न सकीन्छ । जाहा स्थानीयहरु द्धारा संचालित रिसोर्ट लज तथा होमस्टेको राम्रो प्रवन्ध रहेको छ ।

कास्कीकोटमा रहेको रिसोर्ट

यति धेरै विशेषता बोकेको कास्कीकोट अहिले पनि पर्यटकका लागि अज्ञात जस्तै छ। कास्कीकोटवासीले पनि बल्ल यसको महसूस गर्न थालेका छन्। हाम्रो कास्कीकोट युवा सञ्जालमार्फत गोरेटो बाटो र भ्यूटावर लगायत पर्यटकीय पूर्वाधार बनाउने योजनामा गाउँवासीको सक्रियता बढेको छ।

कास्कीकोटको देउराली बस्ती

कास्कीकोटको पहिलाको मौला

कास्कीकोटको नयाँ मौला

“पोखरानजिकै भएर पनि कास्कीकोट ओझेल पर्‍यो”, गाउँवासी भन्छन्, “अब हामी बाहिर ल्याउँछौं।”

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter