सामसुङ मोबाइलको  रिङ टोन बजिरहँदा सुतिरहेकी थिएँ । निन्द्रा लागेर होईन चिन्ता लागेर । केही कुराको चिन्ता लाग्यो भने दिनमै पनि सुत्ने नराम्रो बानी छ । कसैले नराम्रो भन्दा होस् या तनाव हुँदा सुतेर उठेपछि बल्ल समस्याको समाधान पाउँछु । पहिलोपटक फोन काटेँ । लगातार घण्टी बजिरह्यो । फोन उठाएँ, ‘हेल्लो, के गर्दै ?’
‘सुतिरा,’ मैले उत्तर दिएँ ।
‘दिउसै ?’
उताबाट प्रश्न आयो फेरि ।
‘सुत्नलाई रात नै पर्नुपर्छ र ? कस्तो मिठो सपना देखिराथेँ ! को हो फोन गरेर डिष्टर्ब गर्ने ?’ केही झर्केरै भनेँ मैले ।
‘उल्लु हो क्या तिमी ? दिनमा सुत्ने, रातभर जाग्राम बस्ने ?’ अधवैंशे युवकको धोद्रो आवाजले सोध्यो ।
‘मान्छेलाई कल गर्या हो की उल्लुलाई ? मिस्टर ! नम्बर चेक गरेर फेरि डायल गर ।’जोसुकै होस् ‘तिमी’ नै दन्काईदिएँ मैले । पहिलो भेट या फोन कलमै कोही अपरिचित केटाले तिमी भन्न हुन्छ भने हामीले भन्न किन हुँदैन ।
‘ह्या,,को हो के ? चिप्लीराको दिमाग चाट्ने ?’ म झन रिसाएँ ।
‘सवुको साथी’ उसले भन्यो ।
सवुको साथी भनिसकेपछि चाहीँ केही सतर्क भएर फेरि सोधेँ, ‘नम्बर त अनसेभ छ को साथी हो ? नाम के हो ?’
‘कस्तो ठाडो प्रश्न नरम भएर बोल्न आउँदैन ?’ उसले फेरि ल्याङ ल्याङ गरिरह्यो
‘ब्वाईफ्रेन्ड हो र तिमी ! फकाई–फकाई बोल्नलाई ।’ भविष्यमा भए भने नि !’ उ झनै लाडिएर बोल्न खोज्यो ।
‘उफ ! कस्तो गिद्धी गरिराको के ? भविष्यमा त म पनि प्रधानमन्त्री भए भने नी ! चन्द्रमामा पुगेँ भने नी । भयो भने अंगोलोमा बेरुम्ला, चुप्पा दिम्ला, घुम्न जाम्ला ।’
‘ओ !’ उ दंग पर्यो । बेस्सरी हाँसेँर भन्यो । ‘कस्तो फन्नी’ तिमी त हाँस्दा हाँस्दै झण्डै कुर्सीबाट लडिन ।
साम्य भएर सोधेँ, ‘अरु केही छ भन्नु ?’
‘त्यति भए त पुगिगो नी । त्यही पाउनका लागि कति दिन केटीको पिछा गर्छन्, फोनमा बोल्छन्, च्याट गर्छन्, कफी पिउने बाहाना बनाउँछन् केटाहरु । तिमीले त पहिलो कलमै दियौ यार । भयो भने दिन्छु पो भन्या दिएकी त हैन नी,’ मैले भनेँ ।
‘राजनीतिक दलको घोषणा पत्रजस्तै हो क्या ? सपना मात्र देखाउने ?’ उसले सोध्यो ।
‘खोई बुझ्दिन् म राजनीति,’ मैले झर्को माने झैँ जवाफ फर्काएँ ।
मस्त लागेको निन्द्राबाट ब्युँझाइदियो मोरोले । मनमनै रिस उठ्यो । किन कल गर्या ? अनि को हो तिमी ? प्रश्न यथावत थियो । ‘बाबा अनि आमाको छोरो । दिदिको भाई । मनपराउँछु तिमीलाई ।’
‘फन्टुस्, नाम के हो ? कहाँ बस्छौ ? के गर्छाै पो सोध्या’ भनेँ मैले ।
Read more : sabitasapkota.com.np

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter