२८ माघ, पोखरा । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएका छन् ।

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश नम्बर ४ का इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि  सर्वसम्मत नेतृत्वको लागि पहल गर्न सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल , नेकपा एमाले सल्लाहकार परिषदका उपाध्यक्ष  खगराज अधिकारी पोखरा पुगेका थिए।

आइतबार बिहान लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

केहीबेरमा एमाले संसदीय दलको बैठक बसेर गुरुङलाई दलको नेता चयन गर्ने स्रोतले बताएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter