पोखरा,२८ माघ || अन्य सवारी साधनको तुलनमा मोटरसाईकल र स्कुटर अत्याधिक विक्री हुने र धेरै  हराउने सवारी साधनको रुपमा चिनिन थालेको छ । सार्वजनिक क्षेत्रमा पार्किङ गरेर राखेका मोटरसाईकल र स्कुटर हराउने गरेको कुनै नौलो कुरा भएन् । तर आफ्नो घरको हाता भित्र गेटमा ताला लगाएर सवारी साधन लक गरेर राख्दा समेत चोरीएको पाईएको छ । त्यति मात्र होईन एकै दिनमा छुटाछुटै घरको गेट  भित्र राखिएका स्कुटर र वाईक चोरी भएको घटना पनि सुनिदै आएको हो ।

गण्डकी अस्पताल पोखराको प्राङ्गणबाट माघ २३ गते ग १४ प २३७१ ,२०१७ मोडल को निलो पल्सर बाइक हराएको छ । अस्पतालको प्राङ्गणमा पार्किङ गरि राखेको ग १४ प २३७१ नम्बरको मोटरसाइकल हराएको विनोद भण्डारीले पिपुलडेली संग गुनासो गरे उनले भने‘ “अचम्म लाग्छ लक गरेर राखेको बाइक, अनि तै माथि अस्पतालबाट चोरी”, मान्छे कस्तो अवस्थामा हुन्छ ! अस्पताल भित्र जादा पार्किङ गरेर गएको तर बाहिर ५ मिनेटमा आउदा आफ्नो मोटरसाइकल नै नपाए पछि हस्पिटल नजिक रहेको अस्थाई प्रहरी बिटमा पुगेका थिए, सोहि बिटमा रहेका प्रहरी जवानले अस्पतालमा सिसि क्यामरा रहेको तर बेलुकाको समय भएको हुदा उक्त सिसि क्यामराले कैद गर्न गारो परेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यालय तथा अन्य वडा प्रहरी कार्यालयमा समेत उजुरी गरेको भण्डारीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयसंग कुराकानी गर्दा अनुसन्धान जारी रहेको ट्राफिक कार्यालयले बताएको छ ।

त्यसैगरी तिन महिना यता ८ वटा  मोटरसाईकल र १ वटा स्कुटर चोरी भएको पाईएको छ । यही अवधीमा मोटरसाईकल चोरीको विवरण हेर्ने हो भने गण्डकी हस्पिटलबाट ३ वटा रत्नचोकबाट तिन वटा मोटरसाईकल र एक स्कुटर चोरी भएको देखिन्छ । जसमा घरको पर्खाल भित्र पार्किङ गरेर राखिएक दुई मोटरसाईकल र एक स्कुटर रहेको छ । जसमा माघ २३ गते ग १४ प २३७१ को निलो पल्सर, भदौ २२ गते पोखरा–८ ईन्द्रपुरी टोलमा रहेको एक घरको पर्खाल भित्र राखिएको  ग ८ प ४८६५ नम्बरको निलो पल्सर चोरी भएको थियो । पोखरा–१० रामबजारबाट भदौ ७ गते ग ७ प ९६६४ नंम्बरको रातो पल्सर, साउन २१ गते पोखरा–१५ नयाँगाउ आफ्नो घर अगाडी पार्किङ गरेर रखिएको ग ८ प ४१६३ नम्बारको मोटसाईकल चोरी भएको थियो । साथै साउन २० गते माउन्ट अन्नपूर्ण वाहिर पार्किङ गरेर राखेको ग ७ प ४२२६ नम्बरको कालो ‘भिआर’ र साउन १४ गते पोखरा–६ रत्नचोकबाट ग ८ प ३४ ६७ नम्बरको भिआर बाईक चोरी भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीमा अर्थिक बर्ष २०६९÷२०७० को सवारी चोरीको विवरण पल्टाउदा ४० वटा वाईक स्कुटर चोरी भएको देखिन्छ । जस मध्य ट्राफिक प्रहरीले ५ वटा मात्र फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रहरीले जानकारी दिए । उनले भने‘चालकले जथापायो त्यही पार्किङ गर्नाले पनि सवारी साधन धेरै हराउने गरेको पाईएको छ । ’ प्रहरीले मात्र सुरक्षा दिएर नहुने भन्दै आफ्नो सवारी साधनको सुरक्षामा प्रति आफैपनि जिम्वेवारी हुनुपर्ने बताए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter