माघ-३, पोखरा /
५ वर्ष पहिले घोषणा गरेर पनि लागू नभएको पोखराको लेकसाइडलाई पुनः नो भेहिकल जोन बनाउन लागिएको छ।पर्यटन प्रवर्द्धनसहित सुन्दर शान्त लेकसाईड बनाऊनको लागी लेकसाईडलाई नो भेईकल जोन घोषणा गर्न लागीएको हो ।
शुरुमा प्रत्येक शुक्रबार बेलुका नो भेहिकल जोन बनाउने तयारी गरिएको छ । त्यसका लागी नो भेहिकल जोन सुरु हुनु भन्दा अगाडि दुबैतर्फ पार्किङ स्थल बनाइनेछ भने गाडी फर्काउनका लागि डाइभर्सनको ब्यबस्थापन गरिनेछ ।
सुरुमा हल्लनचोकदेखि बाराहीघाटसम्मको बाटोलाई नो भेहिकल जोन घोषणा गरेर लागू गरिने भएको छ ।जहाँ हरेक शुक्रबार अपराहृन ५ बजेदेखी राति १० बजेसम्म सवारी निषेध गरिने छ ।
सम्भव भएमा अर्को हप्तादेखी नै लागू गर्नेगरी छलफल भइरहेको वडा प्रहरी कार्यालय बैदामका इञ्चार्ज प्रहरी निरीक्षक वसन्त शर्माले जानकारी दिए ।