काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको  राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चूडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि  वाम गठबन्धनले राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको थियो ।
एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षर गरिएको सो  पत्र राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र केन्द्रको ५३ सदस्य छन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ प्रधानमन्त्रीको सकेसम्म आजै ४ बजे शपथ ग्रहण हुने सम्भावना रहेको बताए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter