सार २० पोखरा । पोखराको माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा पोखरामा माछापुच्छ्रे क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । साउन १७ गतेदेखि २८ गते सम्म सञ्चाल हुनेछ । त्यसको लागि खेलाडीले पनि आफनो मूल्य पाउने छन् । मूल्य अनुसार खेलाडीको रोजाई गर्दै क्रिकेट लिगको शुरुवात हुने छ । सुदुर पश्चिमको धनगढीमा सम्पन्न धनगढी प्रिमियर लिग जस्तै हुने मंगलबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रतियोगितामा छ टोलीको सहभागिता रहने छ । टोलीमा राष्ट्रिय खेलाडीलाई भने समावेश नगर्ने प्रावधान छ । माछापुच्छ्रे क्रिकेट क्लबले खुकुरी इन्टरटेनमेण्टसँगको सहकार्यमा आयोजना गर्ने प्रतियोगितामा गण्डकी र धौलागिरीका छ जिल्लाको सहभागिता रहने छ । कास्की, पर्वत, स्याङजा, बाग्लुङ, तनहुँ र कलेजको एक टोलीले प्रतिस्पर्धा गर्ने छन् । खेल पोखराको नदीपुरस्थित नगरप्रशिक्षण् केन्द्रको मैदानमा हुने छ ।
६ टोलीको कप्तानको नाम समेत सार्वजनिक गरिएको छ । कास्कीका दिपेश खत्री, कलेजका रवि ढकाल, तनहुँका राज गुरुङ, स्याङजाका दिवाकर थापा, पर्वतका राजु थापा, बाग्लुङका विजय विक रहेका छन् । छ टोलीले अब खेलाडीको क्याम्प राख्दै छनोट गरिएको खेलाडीलाई खरीद गरी आफनो टिम बनाउन पाउने छन् । व्यक्ति तथा संस्थाले टिम व्यवस्थापन गर्न सक्ने छन् । त्यसको लागि ५० हजार रुपैयाँ आयोजकलाई दिनुपर्ने प्रावधान छ । छनोट भएका खेलाडीलाई सम्बन्धीत जिल्लाले बोलकबोल रकम लगाउने छ । सर्वाधिक रकम बोल्नेले खेलाडीलाई आफनो स्वामित्वमा राख्ने क्लबका अध्यक्ष दिपेश खत्रीले बताए ।

खेलाडीको मोलमोलाईको लागि सम्बन्धीत क्लबले केवल ५० हजार रुपैयाँ लगानी गर्न पाउने प्रावधान बनाईएको छ । १५ जना खेलाडी र एक प्रशिक्षक रहने आयोजक क्लबले जनाएको छ । लिग चरणबाट छनोट भएका शीर्ष चार टोलीले नकाउट चरणमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्ने छन् । एलिमेनटरको पहिलो विजेता फाईनल प्रवेश गर्ने छ भने एलिमेनटर दोस्रोले पहिलोको हारसँग फेरी प्रतिस्पर्धा गर्दै फाईनल खेल्ने अवसर पाउने छ ।
आयोजक क्लबले खेलाडीको लागि न्युनतम एकहजारदेखि २० हजारसम्म कबोल गर्न सक्छ । विजेता टोलीले तीन लाख रुपैयाँ नगद र उपविजेताले एकलाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । २० लाख खर्च हुने प्रतियोगिताको लागि क्षेत्रीय खेलकुद विकास समिति पोखराले पाँचलाख रुपैयाँ आर्थिक सहयोग दिने क्षेत्रीय अध्यक्ष खगराज पौडेलले सुनाए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मन्च कास्कीका अध्यक्ष केशव पाठकले पोखरालाई क्रिकेटमय बनाउन प्रतियोगितालाई विशेष प्राथमिकता र महत्व दिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter