० असार, काठमाडौं । नेकपा एमालेकी मेनका काफ्ले गोला प्रथाबाट झापाको कमल गाउँपालिकामा अध्यक्षमा विजयी भएकी छन् ।
एमालेकी उम्मेदवार मेनका काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत पाएका थिए ।
एमालेले पुनः मतगणना माग गरेको थियो । तर, निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरेर गणना गरिएकाले गोला प्रथाबाट बिजेता घोषणा गर्ने निर्णय सुनायो । गोला गर्दा कागजमा विजयी र पराजित लेखिएको थियो । शुरुमा चिठ्ठा तान्ने अवसर वर्णानुक्रममा आधारमा मेनकाले नै पाइन् ।
उनले तानेको चिट्टामा बिजयी लेखिएको थियो । यससँगै मेनका काफ्ले प्रदेश नम्बर १ मा प्रमुख
see more : onlinekhabar.com