पोखरा १० फागुन । आगामी फाल्गुन १७ गते होलीको अबसरमा द टुरिष्ट रोड बेस्ट्रोले होली फेष्ट पार्टी सिजन २ आयोजना गर्ने भएको छ । फेवाताल किनार खपौंदी रहेको बेस्ट्रोले अघिल्लो बर्ष जस्तै यस बर्ष पनि डिजे , बिबोइङ सहितको होली पार्टी आयोजना गरेको हो ।युवाहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त पार्टीलाई अघिल्लो बर्ष भन्दा अझै फरक तरिकाले बनाउने उद्धेश्यले केही आर्कषणहरु थप गरिएको संचालन नेशन शर्माले बताए । “अघिल्लो बर्ष राम्रो साथ पाएका थियौं त्यही उत्साहले नै यो पटक बिबोइंग ,रेन डान्स सहित आइटम डान्स थप गर्दै अझै उत्कृष्ट बनाउने प्रयास गरेका छौं” शर्माले भनेस्“यो पटक अझै धेरै साथ पाउनेमा आशावादी छौं ।”

डिजे बिरेन (बुटवल ), डिजे सिजल(भोडो क्लव), डिजे योंगड (पोखरा) लगायतका चर्चित डिजेहरुले युवाहरुलाई पार्टीमा नचाउने छन् ।
बिहान १० बजे देखी साँझ ८ बजे सम्म हुने उक्त पार्टीमा रु ५ सय को प्रवेश शुल्क राखिएको छ । सोही दिनको काटेको प्रवेश टिकटको साथमा क्यान बियर प्रदान गरिने अर्का संचालन सन्तोष खनालले बताए ।

“हामिले पैसा भन्दा पनि मनोरञ्जन सहितको सेवालाई प्राथमिकता राखेका छौं” खनालले भनेस् “त्यसकारण पनि टिकटको न्युनतम मूल्य राखेका हौं। चर्चित डिजेहरुको साथमा हुने पार्टीले युवाहरुलाई आर्कषण गर्ने बिश्वास लिएका छौं ।”

इगल क्लवको प्रस्तुतीमा हुने उक्त पार्टीलाई रुस्लान भोड्का , सानमिगल बियर,दरवार पोखरा ,उत्साह एड्भर्ट ,मेनसमाचार डटकम , ताण्डव राष्ट्रिय साप्ताहीक , न्यु फ्लेवर अफ फ्रिडम ,एण्डी सपिंग सेन्टर ,होटर रिदम प्यालेस , दिस एण्ड द्याट सपिंग सेन्टर ,बेष्टलाइन लुब्रिकेन्ट , बिआर्ट फोटोग्राफीले सहकार्य गरेका छन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter