१० फागुन, काठमाडौँ । १८० राष्ट्रहरूलाई आधार बनाएर गरिएको अनुसन्धानमा नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औँ स्थानमा छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औँ स्थानमा परेको हो ।
गत वर्षको रिपोर्टमा नेपाल भ्रष्टाचार हुने मुलुकको १३१ औ स्थानमा रहेको थियो । नेपालमा हुने गरेको भ्रष्टाचारमा केही सुधार आएको भएता पनि परिणाम सन्तोष जनक छैन ।
भ्रष्टाचार मापन सम्बन्धि मापदण्डका अनुसार अंक पाउने मुलुकहरूमा अत्याधिक मात्रामा भ्रष्टाचार हुने गर्छ । भने १०० अंक पाउने मुलुक भ्रष्टाचार रहित हुन्छ ।
न्यूजील्यान्ड र डेनमार्क भ्रष्टाचार सबैभन्दा कम हुने मुलुकको सूचीमा परेका छन् भने अफगानिस्तान विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सुचीमा छ ।
दक्षिण एसियाली मुलुकहरू बंगलादेश, पाकिस्तान , श्रीलंका लगायतका देशहरू भ्रष्टाचार हुने मुलुकहरूको उच्च सूचीमा छन् ।