भारतिय सिने ईतिहास कै सर्वाधिक लोकप्रिय एबम सफल नायिका मध्य एक श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ | फ्रेब्ररी २५ शनिवार राती ११:०० देखी ११:३० बिचह्को समयमा युएईमा हृदयघातबाट उनको निधन भएको हो | जहाँ उनी पति बोनी कपुर र कान्छी छोरी खुशीका साथ् एउटा विबाह समारोहमा सहभागी हुँदै थिइन् | हामीले यो समाचार तयार पर्दा उनको निधन खबर बिस्तारै फैलन सुरु भएको थियो | श्रीदेवीको निधनको खबरले यतिबेला भारतीय फिल्म उद्योग स्तब्ध छ र शोकमा छ |
चर्चित निर्माता बोनी कपुरसंग बिबाह गरेर फिल्म क्षेत्रबाट केहि समय टाढा रहेकी श्रीदेवीले ईंग्लिश भिङ्गलिसबाट २०१२ पुनरागमन गरेकी थिइन् | जुन फिल्मले उनको लोकप्रियतालाई झन् थप उचाई दियो | उनको अन्तिम फिल्म मम २०१७ मा सार्वजनिक भएको थियो | त्यसमा उनले गरेको आमाको भूमिकाले  निकै प्रसंसा पाएको थियो | उक्त चलचित्रबाट केही दिन अघि मात्र उनलाई उत्कृष्ट नायिकाको जी सिने अवार्ड पनि प्राप्त भएको थियो |

श्रीदेवीले ८० को दशक र ९० को सुरवातमा हिन्दी फिल्म बजारमा एकक्षत्र राज गरिन | उनलाई लेडी अभिताभ बच्चन पहिलो फिमेल सुपरस्टार पनि भानिन्थ्यो | सुन्दरताको साथै  अभिनय र नृत्यमा पनि श्रीदेवीलाई विशिष्ट मानिन्थ्यो | रुप कि रानी उपनामले चर्चित श्रीदेवीको हिम्म्तावाला, सदमा, मिस्टर इन्डिया, नगिना, चाँदनी, चालबाज, लम्हे, गुमराह, खुदागवाह, जुदाई जस्ता दर्जनौं लोकप्रिय फिल्महरु छन् | दक्षिण भारतीय मुलकी श्रीदेवी कुनै समय तमिल फिल्मकि पनि सुपरस्टार थिइन् | उनले आफ्नो फिल्मी क्यारियरको सुरुवात दक्षिण भारतीय फिल्मबाट गरेकी थिइन्| दक्षिण भारतमा पनि सार्वाधिक सफल र सम्मानित कलाकारको सुचिमा उनको नाम आउँछ |

जुली फिल्ममा बालकलाकारको रुपमा हिन्दी फिल्ममा प्रवेश गरेकी श्रीदेवीको पहिलो हिन्दी फिल्म सोलाह सावन थियो जुन १९७९ मा सार्वजनिक भएको थियो | तर उनलाई लोकप्रियता र सफलता १९८३ मा आएको फिल्म हिम्म्तावाला दियो | त्यसपछि श्रीदेवीले कहिलै पछाडी फर्केर हेर्नु परेन | एक पछी अर्को हिट फिल्महरु दिदैं गइन | सुरुवाती समयमा उनको जोडी जितेन्द्र संग अत्याधिक हिट भयो | पछी मिथुन चक्रवर्ती, ऋषी कपुर, अनिल कपुर जो पछी उनकै देवर भए संग पनि उत्तिकै मन पराइयो | १९८९ मा आएको फिल्म चालवाज र १९९१ मा आएको फिल्म लम्हेबाट उनी उत्कृष्ठ नायिकाको सार्वाधिक प्रतिष्ठित फिल्म फेयर अवार्ड जित्न सफल भएकी थिइन् | क्लासिकल नृत्यमा समेत पारङ्गत श्रीदेवीका फिल्मी नृत्यहरु पनि निकै चर्चित छन् | हिम्मतवालाको नैनो में सपना, मिस्टर इन्डियाको हावा हवाइं, नागिनाको मै तेरी दुश्मन, चाँदनीको मेरे हाथो मैं नौ नौ चुडीयाँ, लम्हे आदीमा उनले गरेका नृत्य निकै चर्चित भएका थिए |

 

बोनी कपुरकी दोश्री पत्नी श्रीदेवीकी  दुई छोरी जान्हवी र खुशी छिन | उनकी जेठी छोरी जान्हवीको पहिलो फिल्म धडक यतिखेर छायांकन क्रममा छ | उनको यो असामयिक निधनलाई भारतीय फिल्म उद्योगको कालो दिनको रुपमा हेरिएकोछ  | चर्चित नायिका प्रियंका चोपडाले श्रीदेवीलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आजको दिनलाई कालो दिन भन्दै ट्विट गरेकी छन् |

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter