काठमाडौं, १२ फागुन । प्रदेश २ का लालबाबु राउतले सरकारले आफ्नो काममा संघीय कर्मचारीबाट असहयोग भएको गुनासो गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रमार्फत संघीय मन्त्रालय र कर्मचारीको असहयोग भएको गुनासो गरेका हुन् ।

केन्द्र र प्रदेश सरकारबीच समन्वय र सहकार्यमा जोड दिँदै स्थापित हुन लागेको प्रादेशिक संरचनालाई नीतिगत, कार्यगत र स्रोतसाधनमा सहयोग चाहिएको पनि पत्रमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीको पत्रमा भनिएको छ, ‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलता छ, यसबारे म र मेरा मन्त्रिमण्डलका साथीहरु वा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीहरुबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ ।’

अघि भनिएको छ ‘त्यतिमात्र नभएर समयसमयमा अनावश्यक रुपमा प्रान्तीय सरकारको काममा अवरोध हुने गरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेका छन् ।’

 

यस्ताे छ पत्र

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter