एजेन्सी – चर्चित बलिउड अभिनेत्री श्रीदेवीको गएराति हृदयघातका कारण निधन भएपछि बलिउड शोकमग्न भएको छ ।

५४ वर्षीया श्रीदेवीको विवाह समारोहमा सहभागी हुन दुबई गएका बेला उतै निधन भएको हो । श्रीदेवीको निधनपछि यतिबेला समवेदनाका तथा श्रद्धाञ्जलीका स्टाट्सले सामाजिक सञ्जाल भरिएका छन्।यहि क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि श्रीदेवीलाई श्रद्धाञ्जली दिदै परिवारजनमा समबेदना प्रकट गरेका छन्। मोदीले उनको असामायिक निधनको खबरले निकै दुखी बताएको बताएका छन्।

उनले दुखद घडीमा रहेका परिवार र उनका प्रसंशकलाई धैर्यधारको कामना गर्दै श्रीदेवीको आत्माको शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गरेका छन्। यस अघि अभिनेता अमिताभ बच्चन प्रियकां कार्कीले पनि ट्वीट गरिसकेका छन् ।

बलिउड क्षेत्रमा बादशाहत कायम गर्नुपूर्व उनले तमिल, तेलुगु, मलयालम कन्नड लगायतका चलचित्रमा समेत अभिनय गरिसकेकी थिइन्। उनी अभिनयामा यति धेरै भिजेर काम गर्थिन् की उनले अरु सबै कुरा भूल्ने गर्थिन्। यति मात्र होइन श्रीदेवी बलिउडमा करोड लिने पहिलो नायिका समेत थिइन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter