२० असार, बुटवल । नेकपा एमालेलाई रोक्दै बुटवल उपमहानगरपालिकाको वडा नम्बर १३ मा नेपाली कांग्रेसका नारायण पुन विजयी भएका छन् । यसअघि १ देखि १२ सबै वडा एमालेले जितेको अवस्थामा यो जितले कांग्रेसलाई राहत दिएको छ । तर, माओवादीसँग चुनाव तालमेलका बावजुद मेयरमा भने कांग्रेसले हार्ने सम्भावना बढेको छ ।

 

मेयरमा कांग्रेसका उम्मेदवार २३८९ मतले पछि परिसकेका छन् । पछिल्लो तथ्यांक अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेले १६ हजार ३११ मत पाएका छन् । सुरुदेखि नै अग्रता लिइरहेका एमालेका उम्मेदवार शिव सुवेदीले १८ हजार ७०० मत पाएका छन् । एमाले कांग्रेसको मतान्तर २ हजार ३८९ छ ।

 

उपमेयरमा भने एमालेको जित पक्काजस्तै भएको छ । एमाले उम्मेदवार गोमा आचार्यले २० हजार ३९५ मत पाएकी छन् । कांग्रेसको समर्थन पाएका नेकपा माओवादी केन्द्रका जगतबहादुर पोखरेलले ११ हजार ५०७ मत ल्याएका छन् ।

कहाँ फेल खायो कांग्रेसको हिसाव ?

बुटवल एमालेको राम्रो पकड भएको क्षेत्र हो । त्यसमाथि प्रदेश नम्बर ५ को सीमांकन

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter