२० असार, बिराटनगर । मोरङ जिल्लाको चुनावी परिणाम आउने क्रम बढेको छ । मंगलबार साँझसम्म १७ वटा स्थानीय तहमध्ये ९ वटाको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म मोरङ जिल्लामा कांग्रेसले अग्रता लिएको छ । एमालेले भने जिल्लामा निराशाजनक परिणाम हात पारेको छ ।

त्यसैगरी नेकपा एमालेले ३ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित हात पारेको छ । एमाले तीनवटा नगरपालिकामा उपमेयर जितेको छ भने दुईवटा गाउँपालिकामा उपाध्यक्ष पदमा जित हात पारेको छ ।नतिजा आएका ९ स्थानीय तहमध्ये ५ वटा तहमा कांग्रेसले जितेको छ । कांग्रेसले मंगलबार साँझसम्म सुन्दर हरैंचा, लेटाङ र रतुवामाई नगरपालिकामा जित हात पारेको छ । त्यसैगरी कांग्रेसले केराबारी र कटहरी गाउँ पालिकाको प्रमुख पद जितेको छ । कांग्रेसले एउटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

त्यसैगरी एउटा गाउँपालिकाको अध्यक्ष र दुईवटा गाउँपालिकाको उपाध्यक्ष पदमा विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले जित हासिल गरेको छ ।
एमालेले मिक्लाजुङ, कानेपोखरी र ग्रामथान गाउँपालिकाको अध्यक्षमा जित हात पारेको छ ।

मंगलवार घोषित परिणामअनुसार सुन्दर हरैंचा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार शिवप्रसाद ढकालले १६ हजार ८ सय २१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केदार गुरागाईंले १५ हजार ८ सय ५३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सुन्द्यर हरैंचाको उपप्रमुखमा एमालेकी धनमाया तामाङ १५ हजार ४ सय ७८ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी बिन्दा दाहाल थापाले १३ हजार ९० मत प्राप्त गरेकी छन् ।

केराबारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रोहित कार्कीले ५ हजार ४ सय ९९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नविन थापामगरले ५ हजार २ सय १७ मत प्राप्त गरेका छन् । त्यहाँ उपाध्यक्षमा एमालेकी शान्ति लिम्बुले ५ हजार ७ सय ४७ मत प्राप्त गरेर विजयी बनेकी छन् । उनकी निकटतम प्रतिस्पर्धीमा कांग्रेसकी कल्पना राईले ४ हजार ६ सय १२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका ताराबहादुर काफ्लेले ६ हजार ५ सय ८८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सूर्यबहादुर धिमालले

see more at  onlinekhabar.com

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter