महेन्द्र पौडेल ,१६ फाल्गुन || अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले, रिवानमा घरवार विहीन, बाढी पीडित जनताको लागि अखिल जनता आवास निर्माण अभियानको सुरु गरेको छ |  कास्कीको माछापुच्छ्रे गाँउपालिका ५ स्थ्ति छुम्दी डाँडागाँउमा गत साउनमा गएको बाढीले ११ घर पूर्ण रुपमा क्षति र ५ घरमा आंशिक क्षति पुगेको थियो । घरवार विहिन भएका कमल परियार र जंगबहादुर विकको घर निर्माणमा अनेरास्ववियुका अध्यक्ष शेखर गौतमको संयोजकत्वमा १५ जना आवास निर्माणमा खटिएका छन् ।

पृथ्वीनारायण क्याम्पस गेटमा युवा संघ नेपालका केन्द्रिय सदस्य तथा पोखरा-लेखनाथ महानगरपालिका वडा नं १३ का अध्यक्ष दर्शन लामाको प्रमुख आतित्यथामा कार्यक्रको शुभारम्भ भएको थियो | प्रमुख अतिथि लामाले जिल्ला कमिटीका अध्यक्ष शेखर गौतमलाई निर्माण सामग्री हस्तान्तरण गर्नु भएको थियो । आवास निर्माण अभियानमा निस्केका अनेरास्ववियुको निर्माण टोलीलाई सामाजिक कार्यका लागि लामा तथा अन्य बिध्यार्थीहरुले बिधाई गरेका थिए |

जनता आवास निर्माण अभियानमा जुटेका अनेरास्ववियुका बिध्यार्थीहलाई विभिन्न ठाउँबाट सहयोग आएको र शुरुमा कम्तीमा दुई घर निर्माण गरि पिडितको लागि बासको व्यवस्था गर्ने भूगोल जिल्ला कमिटी कास्की अध्यक्ष गौतमले जानकारी दिए | बाढी गए लगत्तै बाढी पहिरोमा परेका पीडितका लागि अनेरास्ववियु कास्कीले अखिल आवास निर्माण अन्तर्गत जग्गा नभएकालाई तत्काल जग्गा उपलब्ध गराउने र पुनर्निर्माण अभियान संचालन गर्न दबाब स्वरूप माछापुच्छ्रे गाउपलिका कार्यालयलाई ज्ञापन पत्र भुझाइएको थियो | गाउपलिका उपप्रमुख कृष्ण कुमारी दवाडीले आफ्ना नागरिकको समस्या गम्भीर भएको र प्राकृतिक बिपत्तिले क्षति भएको ठाउँको छिटो भन्दा छिटो समस्याको समाधान गर्ने भनि बताउने भएको थियो | बिद्यार्थीको समस्याका लागि मात्र नभई नेपालमा रहेका हरेक समस्याका लागि अनेरास्ववियु जुट्ने अनेरास्ववियु कास्कीका अध्यक्ष गौतम बताउछन् |

यसअघि अखिलले पिडित बालबालिकालाई २५ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिसकेको छ |

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter