फागुन-१६, पोखरा / होलीको अवसरमा विहीवार उत्सृङखल गतिविधिहरु हुन नदिन कास्कीका कडा सुरक्षा व्यवस्था मिलाईएको छ ।

होलीको दिनमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, जर्वजस्ती रंग अविर दल्ने र अर्मादित कार्य गर्नेहरुलाई पक्राउ गरि कारवाही गरिने कार्यालयका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले वताए ।

होलीको दिनमा विहानवाट नै  विभिन्न ठाउँहरुमा मादक पदार्थ सेवन गरे नगरेको चेक जाँच गरिने समेत उनले वताए । ‘ उत्सृङखल गतिविधिहरु हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । पोशाक तथा सादा ड्रेसमा समेत प्रहरी परिचालन हुन्छ’, खत्रीले भने‘ मादक पदार्थ सेवन गरेर होहल्ला गर्नेहरुलाई सार्वजनिक अपराध ऐन अनुसार कसुर वमोजिम कारवाही हुन्छ । ’

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter