फाल्गुण-२३, पोखरा
पोखरा विश्वविधालयमा लामो समय देखि विधार्थीहरु आन्दोलित बनेका थिए । विश्वविधालयका अन्य बिभिन्न कमि कमजोरीहरु सच्याउन माग गर्दै आन्दोलनरत विद्यार्थीहरुको कहिल्यै नछुट्ने माग हुन्थ्यो, ‘ स्ववियु निर्वाचन होस् ‘ । विधार्थीहरुको सधैँको माग स्ववियु निर्वाचन होस् भन्ने रहे पनि विश्वविधालय प्रशासन सधैँ आलटाल गर्दथ्यो । विभिन्न बहाना गर्दै प्रशासन स्ववियु निर्वाचन नगर्ने सोचमै देखिन्थ्यो ।
तर बुधबार विश्वविधालय प्रशासनले स्ववियु निर्वाचन गर्ने निर्णय मिति सहित घोषणा गरेको छ । विश्वविधालय कार्यकारी परिषद बैठक बाट निर्णय गर्दै पोखरा विश्वविधालय केन्द्रीय क्याम्पसका चार वटै आंगिक स्कुल हरुको, ( स्कुल अफ इन्जिनियरिंग, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्स, स्कुल अफ विजनेस, स्कुल अफ डेभलपमेन्ट एण्ड सोसियल इन्जिनियरिंग ) को एक मात्र स्ववियु निर्वाचन हुने विश्वविधालयले बिज्ञप्ति जारि गर्दै जनाएको छ ।स्ववियु निर्वाचनको मिति २०७४-१२-२१ गते रहने गरि मिति तोकिएको र निर्वाचन समिति समेत गठन गरिएको विश्वविधालयले विज्ञप्तिमा जनाएको छ ।

कसले मार्ला बाजी ?

विश्वविधालयले स्ववियु निर्वाचनको मिति तोके संगै विश्वविधालयमा क्रियाशील बिधार्थी संगठन हरु स्ववियु निर्वाचनको कुर्सि आफ्नो बनाउन कसरतमा छन् । हुन त विश्वविधालयले स्ववियु मिति घोषणा नगर्दै पनि विधार्थी संगठनहरु स्ववियु निर्वाचनको कसरतमा लागेका थिए
संगठनहरुका आन्तरिक सम्मेलनमा स्ववियु निर्वाचन केन्द्रित नारा र भासणहरु गुन्जिन लागेका थिए ।
स्ववियु निर्वाचनमा मुख्यतः एमाले निकट अनेरास्ववियु, ए. माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र कांग्रेस निकट नेविसंघ केन्द्रित छन् ।
विश्वविधालयमा सबै भन्दा धेरै आन्दोलनरत भएको एमाले निकट अनेरास्ववियु र ए. माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी पार्टी एक बनेको खण्डमा एउटा संगठन बनाएर चुनाव लड्ने छन् यदि पार्टी एकीकरणले टुङ्गो नलगाए पनि यी दुई संगठनहरुको संयुक्त प्यानल भने रहने विश्वास गर्न सकिन्छ ।
यसो हुनाले स्ववियु निर्वाचनमा बाम गठबन्धन निकट विधार्थी संगठन र नेपालि कांग्रेस निकट नेवि संघको प्रतिस्पर्धा रहने देखिएको छ ।
पछिल्लो समयमा विश्वविधालयका धेरै मागहरु उठान गरेको र विधार्थीहरु माझ लोकप्रिय बनेको संगठन अनेरास्ववियु रहेको र स्ववियु निर्वाचन अनेरास्ववियुले जित्ने एक विधार्थीले नाम नखुलाउने सर्तमा बताए ।
पोखरा विश्वविधालय, स्कुल अफ बिजनेसमा ब्याचलर तेस्रो बर्षमा अध्यनरत उनले भने, ” म कुनै विधार्थी संगठनमा आबद्द छैन, म कसलाई भोट हाल्छु पनि थाहा छैन तर राजनैतिक संगठनभरिमा सबै भन्दा विधार्थीहरुको हक हितको लागि आवाज उठाएको एमालेका विधार्थीले हो, त्यसैले चुनाव यसैले जित्छ होला ” ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter