फागुन-२८, पोखरा/ विगत १३ बर्ष देखि पोखरामा सुन चाँदी व्यवसायमा राम्रो स्थान कमाएको पैयुँ पर्वत सुन चाँदी दोकान पोखराले आफ्नो पहिलो शाखा आज एक समारोहका विच सुचारु गरेको छ ।पोखराको व्यस्त बजार महेन्द्रपुल स्थित रहेको पैयुँ पर्वत सुन चाँदी दोकान आफ्नो व्यवसायलाई थप विस्तार गर्न पोखरा चिप्लेढुंगामा पहिलो शाखा विस्तार गरेको संचालक कृष्ण विश्वकर्माले जनाए ।

पोखरा उधोग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले रिबन काटेर उक्त शाखाको उद्घाटन गर्दै सुन चाँदी दोकानको नयाँ शाखाको सफलताको सुभकामना व्यक्त गरेका थिए । उद्घाटन समारोहमा पोखरा उधोग वाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापति, नेपाल सुन चाँदी व्यसायी संघ कास्कीका अध्यक्ष निर्मल दियालि, नेपाल सुन चाँदी व्यसायी संघका केन्द्रीय सदस्य चन्द्र किशोर गौतम, ग्राहकको तर्फ बाट पर्यटन व्यवसायी तथा समाजसेवी अर्जुन खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन समारोहमा कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका सदस्य डी.बि भुजेल, पत्रकार महासंघ कास्कीका सदस्य कमल अथक, पर्यटन व्यवसायी उपेन्द्र अधिकारि, व्यवसायी तथा समाजसेवी सन्जिब पौडेल, व्यवसायी तथा समाजसेवी सुदिप गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पैयुँ पर्वत सुन चाँदी दोकानका संचालक काशी विश्वकर्माले १३ बर्ष देखिको ग्राहकको माया र सहयोगनै आफ्नो व्यवसायको सफलताको कारक रहेकाले शाखा विस्तार गर्ने हौसला प्राप्त भएको बताए ।

ज्वेलर्सका संचालक शिवलाल सुनारले ग्राहकको सन्तुष्टिनै सबै भन्दा ठुलो र अमुल्य उपलब्धि रहेकाले आफ्नो गुणस्तर र सेवालाई निरन्तर लैजाने प्रतिवद्दता व्यक्त गर्दै आगामी दिनहरुमा पनि साथ र सहयोगको निम्ति सबैलाई आग्रह गरेका थिए । कार्यक्रमको संचालन शेलिका श्रेष्ठले गरेकी थिइन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter