काठमाडौं । नेपाली फौज संसारकै ९७ औं शक्तिशाली मानिएको छ । विश्वको आधुनिक बल र फौजी शक्तिबारे विश्लेषण गर्ने सोध संस्थान ‘ग्लोबल फायर पावर‘ले ले निकालेको सूचीमा नेपाल ९७ औं शक्तिशाली मानिएको हो । २०१७ को फौजी शक्तिका हिसावले १३३ देशको सूची जारी गरेको छ । जसमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रो स्थानमा रुस र तेस्रो स्थानमा चीन छ भने चौथो स्थानमा भारत रहेको छ । यसमा परम्परागत युद्ध हतियार र उपकरणको मात्र विश्लेषण गरिएको छ । परमाणु हतियार सामेल छैन ।

उक्त सूचीको पुछारमा भुटान छ । फ्रान्स र बेलायत भारतभन्दा पनि पछि छन् । बीबीसी संवाददाता शकील अख्तरका अनुसार पाकिस्तान विश्वको १३ औं सबैभन्दा ठूलो सुरक्षा फौज भएको मुलुक हो । रक्षा बलको सन्दर्भमा पाकिस्तानले सन् २०१७ मा केही क्षमता विस्तार गरेको थियो ।अमेरिकाको रक्षा बजेट ५८७ अरब डलर छ जबकी चीनको १६१ अरब डलर रक्षा बजेट रहेको छ । चीनमा सक्रिय सैनिकको संख्या २२ लाख एवं रिजर्व सैनिकको संख्या १४ लाख रहेको छ । यसका साथै तीन हजार लडाकु विमान एवं साढे छ हजार ट्यांक रहेका छन् ।

पछिल्लो समय चीनको सैन्यशक्ति आक्रामक हुँदै गएको छ । यस सूचीमा ८१ लाख जनसंख्या भएको इजरायल ९ नम्बरमा रहेको छ । यसैगरी उत्तर कोरिया १४ औं र सीरिया १८ औं नम्बरमा छन् । अमेरिकासँग १३ हजार बढी जहाज छन् । जसमा लडाकु, परिवहन एवं हेलिकोप्टर छन् । त्यसो त चीनसँग जम्मा तीन हजार लडाकु जहाज छन् । भारतसँग पनि दुई हजार बढी लडाकु जहाज रहेको छ । सक्रिय सैनिकको संख्या १३ लाख भन्दा धेरै रहेको छ । २८ लाख रिजर्भ जवान छन् । जसलाई आवश्यक परेको वेला सैन्य सहयोगमा प्रयोग गर्न सकिन्छ । भारतमा ट्याङ्कको संख्या ४ हजार ४ सय छ । युद्धपोत तीन हजार छन् । सूचीमा उल्लेख भएअनुसार पाकिस्तान विश्वका १३ औ सैन्य शक्तिशाली देश हो जहाँको रक्षा बजेट सात अर्ब डलर हुने गरेको छ । सक्रिय सैनिकको संख्या ६ लाख ३७ हजार छ भने तीन लाख रिजर्भ सैनिक रहेका छन् । (सेतोसुर्य बाट साभार )

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter