काठमाडौं, २९ फाल्गुन | नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलको एअर ट्राफिक कन्ट्रोलमा सोमबार कार्यरत कर्मचारीहरूलाई ‘ड्युटी अफ’ गराएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाअघि विमानका पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीच भएको सम्वादको अडियो सार्वजनिक भएपछि प्राधिकरणले ६ जना कर्मचारीलाई बिदा दिइएको हो।

गोप्य रहने उक्त अडियो इन्टरनेटमा लिक भएपछि छानबिनलाई सहज होस् भनेर तत्कालका लागि उनीहरूलाई कामबाट बिदा दिइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूलाई निलम्बन वा अन्य कुनै कारबाही भने गरिएको होइन।

सोमबार ४९ जनाको ज्यान जाने गरी भएङ्को युएस बंगला विमान दुर्घटना आफ्नै आँखाले देखेका उनीहरू काम गर्ने मुडमा नभएकोले रिफ्रेस हुन छुट्टी दिइएको स्रोतले जनाएको छ। उनीहरूको ठाउँमा अन्य कर्मचारी खटाइएको छ।

‘अडियो सार्वजनिक गर्नेलाई कारबाही हुन्छ’

प्राधिकरणले सम्वेदनशील र गोप्य अडियो सार्वजनिक गर्नेमाथि कारबाही हुने बताएको छ। प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त घटनालाई ‘आपराधिक काम’ को संज्ञा दिए।

‘यो आपराधिक काम हो’, उनले भने, ‘गोप्य र सम्वेदनशील सामग्री सार्वजनिक गर्नेमाथि छानबिन गरी कारबाही हुन्छ।’

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter