मोरङ । मोरङका स्थानीय तह खाली गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्रचार नै गरेर धम्की दिएपछि मोरङको केराबारी गाँउपालिकामा त्रास सिर्जना भएको छ । कैलालीको घोडाघोडी नगरपालिकाका मेयरलाई गोली हानेको केही दिन बित्न नपाउँदै केराबारी गाँउपालिकाको कार्यकारी अधिकृतलाई सम्बोधन नै गरेर स्थानीय तह खाली गर्न चेतावनी दिएपछि त्रासको बाताबरण सिर्जना भएको छ । पत्रमा चैत ४ गते सम्ममा स्थानीय तह खाली गर्दै कुनै पनि काम कारवाही नगर्नका लागि जनप्रतिनिधी र कर्मचारीलाई धम्की दिइएको छ ।

धम्कीपछि स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधीले असुरक्षित महसुस गर्न थालेका छन । पार्टीको जिल्ला जनपरिषद्ले कार्यकारी अधिकृतका नाममा पठाएको धम्कीपूर्ण पत्र मोरङको केरवारी गाउँपालिलाई बुधबार पठाएको छ । तीन महिने एकीकृत जनजागरण अभियान अन्तर्गत जनपरिषद् नेपालले गाउँ, नगर र महानगरपालिकाले बृद्धि गरेको स्थानीय कर, विकास बजेटको नाममा गरिएको अनियमितता, अपचलन, स्थानीय स्रोत परिचालनमा दुरुपयोग, भेदभावमुलक बजेट परिचालन, भ्रष्टाचारजन्य गतिविधीका विरुद्ध सम्झौताहिन प्रतिरोध अगाडि बढाइएको केराबारी गाउँपालीकामा पठाईएको पत्रमा उल्लेख गरिएको छ ।

जनपरिषद्का प्रमुख मिसायलद्धारा हस्ताक्षरीत पत्रमा यही चैत ४ गते स्थानीय तह खाली गराउने निर्णय जनसत्ताले गरेको खुलाइएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधीलाई त्यो दिन कुनै पनि काम नगर्न र नगराउन र स्थानीय तह खाली गर्नका लागि उर्दी जारी गरिएको पत्र प्राप्त भएको केरावारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताए । संसदिय व्यवस्थाका प्रतिनिधीबाट संचालित कुनै पनि निकाय र त्यसको शासन जनताले सम्पूर्ण रुपमा खारेज गरिदिएको पत्रमा उल्लेख छ । स्थानीय तहमा काम नगर्न र तह खाली गर्नका लागि धम्कीपूर्ण पत्र प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताए ।

‘सबै स्थानीय तहको सुरक्षा व्यवस्था कडा पारिएको छ । जनप्रतिनिधी र कर्मचारीको सुरक्षामा पनि विशेष ध्यान पु¥याइएको छ,’ कटवालले भने । उनका अनुसार सबै स्थानीय तहमा हतियार सहितका प्रहरीले सुरक्षा दिइरहेका छन् । तरपनि कारबाहीको पत्रले केराबारी र आसपासका गाँउपालिका र नगरपालिकामा त्रासको बाताबरण सिर्जना भएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter