काठमाडौं, १ चैत । सर्वोच्च अदालतले गोपाल पराजुलीको नाम प्रधानन्यायाधीशबाट हटाएको छ । योसँगै कामयमुकामय प्रधानन्यायाधीशको जिम्मेवारी सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको काँधमा अाएको छ ।
उमेर हदका कारण पराजुलीलाई बुधबार न्याय परिषद्ले अवकाश दिएको थियो । तर, पराजुलीले अाफू नै प्रधानन्यायाधीश भएको दाबी गरिरहेका थिए ।
काम प्रधानन्यायाधीश जोशीले इजलास पनि तोकेका छन् ।