पोखरा १ चैत | स्पाइरल ग्यालेक्सी एकेडेमी मा.वि ले विद्यार्थीका गतिविधि समावेश गरी “द भ्वाइस अफ स्पाइरल” नामक मासिक पत्रिका प्रकाशन गरेको छ।

कक्षा–९ मा अध्ययन गर्ने विद्यार्थीद्धारा प्रकाशित पत्रिकाको विद्यालयका प्राचार्य नारायण शर्मा चापागाँई र शैक्षिक विभाग प्रमुख रमेश ढकालले संयुक्त रुपमा विमोचन गर्नुभयो। कार्यक्रममा बोल्दै प्राचार्य चापागाँईले विद्यार्थीको प्रतिभालाई प्रस्फूटन गर्न पत्रिकाले थप भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा शैक्षिक विभागका प्रमुख रमेश ढकाल, अतिरित्त विभागका प्रमुख सुमन पौडेलले पत्रिका प्रकाशनले निरन्तरता पाउने बताउँदै सबै पक्षको सहयोगको अपेक्षा गरे।

सोही अवसरमा एस.इ.इ परीक्षाको तयारी गरिरहेका विद्यार्थी र कक्षा–९ का विद्याथीर्ले मायाको चिनो साटासाट गरेका थिए। उनीहरुले परीक्षा सफलताको शुभकामना समेत दिएका थिए।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter