काठमाडौं १ चैत । माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । पार्टीको भागमा परेका सातमध्ये बाँकी वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरको नाम टुंगो लागेको स्रोतले जनाएको छ ।

यसअघि माओवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापा बादल र आपूर्तिमन्त्री मातृका यादव चयन भइसकेका छन् । मन्त्रिपरिषद्मा जाने सहभागीको नाम टुंगो लागे पनि पदीय भागबन्डा भने भइसकेको छैन । वाम गठबन्धनले संघीय समाजवादी फोरम र राजपालाई पनि सरकारमा ल्याउने तयारी गरेकाले मन्त्रालय संख्या घट्ने भएको छ ।

सरकार विस्तारबारे आज प्र्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीले सकभर आज बेलुकीसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सोही कारण ओली र प्रचण्डबीच भेटवार्ता हुन लागेको हो । भेटवार्तामा फोरम र राजपालाई कुन कुन मन्त्रालय दिने भन्नेबारे पनि छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

फोरम र राजपा तीन–तीनवटा मन्त्रालय माग गरेका छन् । राजपाले उपराष्ट्रपति र फोरमले उपसभामुख पाउनुपर्ने माग गरेको छ । सोही भागबन्डा मिलाउन चैत ९ गते उपराष्ट्रपतिको निर्वाचन मिति तोकिएको स्रोतले बतायो । ओली प्रधानमन्त्री बनेको चैत ३ गते एक महिना पुग्दैछ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter