महेन्द्र पौडेल ||आशिष म्युजिक प्रा.लिको प्रस्तुति कृष्ण भण्डारीको लोक दोहोरि गित रमाइलो राम्दीमा’ गित सार्बजनिक भएको छ । यस रमाइलो राम्दीमा  गीतको बोलमा चर्चित गायक कृष्ण भण्डारी र पूर्णकला विसीको आवाज रहेको छ । कृष्ण भण्डारीको शब्द संकलन  रहेको उक्त गीतमा लय भने चर्चित गाएक राजन कार्कीको रहेको छ ।

रमाइलो राम्दीमा गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको थियो । चर्चित मोडेल शंकर विसी ,मोना केसी, रमेश ढकाल, किरण गौतम र कुलमाया पौडेलको अभिनय देख्न पाइन्छ । दमदार नृत्य रहेको उक्त गीतलाई चर्चित मोडेल तथा निर्देशक शंकर विसी निर्देशन गरेका छन् । दुर्गाले छायाँकन गरेको यस गीतलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन । उक्त गीतमा द्रोन क्यामरा समेत प्रयोग गरि छायाँकन गरिएको थियो । उक्त म्युजिक भिडियोलाई म्युजिक नेपालले बजारमा ल्याएको छ । यस गित अगि कृष्ण भण्डारीको आमा तिम्रो कपाल फुल्यो गीतले बजारमा राम्रै चर्चा बटुलेको थियो |

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter