चैत ५, काठमाडौं । चार केजी प्रतिबन्धित लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको बकैया–६, ज्यामिरे घर भएका २९ वर्षीय सोमबहादुर तितुङ, मकवानपुरगढी–१, रानीशेराका ३० वर्षीय बज्रबहादुर भोम्जन र सोही गाउँपालिका वडा नं. ३ का शिखरकटेरीका २६ वर्षीय प्रेमबहादुर थिङ छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले उनीहरुलाई दक्षिणकाली–५, त्रिभुवन आदर्श मावि अगाडिबाट नियन्त्रणमा लिइएको हो ।

ब्यूराका प्रमुख डिआईजी ठूले राईका अनुसार तितुङको साथबाट दुई केजी, बज्रूबहादुर र प्रेमबहादुरको साथबाट १/१ केजी कफिम बरामद गरिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तस्वीरः चन्द्र अाले/अनलाइनखबर

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter