काठमाडौं । सुन्दा अविश्वासीलो तर सत्य कुरा । पृथ्वीको विकल्प खोज्ने क्रममा मानिसहरु चन्द्रमामा बसोबास गर्नेबारे वैज्ञानिकहरु लागि परेका छन् । अहिले चन्द्रमामा पनि आफ्नो स्थान सुरक्षित गर्ने दौडमा नेपाली पनि छन् । हाल अमेरिकामा बस्दै आएका एक नेपालीले चन्द्रमामा जग्गा खरिद गरेका छन् ।

चन्द्रमामा जग्गा खरिद गर्ने रमेशकुमार जोशी पहिलो नेपाली हुन् । उनले ८० रोपनी जग्गा किनेको बताइएको छ । योसँगै कवि लक्ष्मीप्रसाद देवकोटाको ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनाईले सार्थकता पाएको छ । काठमाडौंको मखनाका जोशीले चन्द्रमामा जग्गा किनेको खबर एकाएक संचारमाध्यमा फैलिएको छ । उनी चन्द्रमाका नागरिक समेत भएका छन् ।

५४ वर्षीय जोशीले सानोमा निल आर्मस्ट्रङ्ग र तात्कालीन सोभियत संघका यूरी गागारिनले प्रारम्भिक पाइला टेकेका थिए तर आफैले जमिन खरिद गरेका छन् । जोशीले १४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको ‘बे अफ रेन्बो’ मा ‘१० एक्री’ जमिनका मालिक बनेका छन् । उनले जग्गाधनी प्रमाण–पत्र समेत प्राप्त गरिसकेका छन् । जोशीका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए । अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य समेत रहेका भाञ्जाको सहयोगमा चन्द्रमामा जमिन किन्न फर्म भर्न पुगेका जोशी त्यतिबेलासम्म विदेश अध्ययन गर्न जाने नेपालीहरुका लागि स्वतन्त्र परामर्शदाता समेत हुन ।
अनलाईन डबलीमा प्रकाशित

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter