रौतहट । सुन्दा पनि अचम्म लाग्ने खबर, प्रहरीले एक चितामा जलाउनै लागेको महिलाको शव बरामद गरेको छ । श्रीमानको कुुटाइबाट मृत्युु भएकी राजकुमारी देवी यादवको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका ४ जना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै फरार रहेको प्रहरीले जनाएको छ । अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुुमारी देवी यादवबीच घरायसी विवादमा गए राति झगडा भएको थियो । झगडाका क्रममा श्रीमानको कुुटाईबाट मृत्युु भएकीलाई आज बिहान मृतकका दुुई भाई र अभियुुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter