पोखरा, ६ चैत । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १३ मा महानगरको पहलमा घरेलु उद्योग स्थापना भएको छ । वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाको सक्रियतामा घरेलु उद्योग सञ्चालनमा आएको हो । पोखरा लेखनाथ १३ नव दुर्गाटोलमा स्थापित महालक्ष्मी दालमोठ उद्योगको मंगलबार महानगरपालिकाका मेयर मानबहादुर जिसीले समुदायलाई हस्तान्तरण गरेका हुन् ।

पोखरा १३ को स्वालम्बन कार्यक्रमद्वारा सञ्चालित उद्योग पोखरा लेखनाथ महानगरद्वारा सञ्चालित पहिलो उद्योग हो । वडा नम्बर १३ मा केही महिलाहरुलाई उद्यमी बनाउने कोसिस भइरहेको बताउँदै मेयर जिसीले दीगो, टिकाउ र गुणस्तरीय रुपमा उद्योग चलाउन आग्रह गरे ।

स्थानीय तहको निर्वाचनको वेलामा पोखरालाई उद्यमशीलको शहर बनाउने भनेर हिडेको स्मरण गर्दै सानो लगानीमा वढी उत्पादन गराउनका लागी थालनी भएको वताउँदै सुरुवातमा उत्पादन भएको बस्तुलाई नै बजारीकरण गराउनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । महालक्ष्मी दालमोठ उद्योगको पहिलो उत्पादन नमुनायोग्य रहेकाले बजार खोज्न नपर्ने वताउँदै जिसीले यसको प्रवद्र्धनका लागि आफूले सहयोग गर्ने समेत बताए ।

वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले आर्थिक क्रान्तिको सुरुवात आफ्नै ठाउँबाट गर्नुपर्छ भन्ने ठानेर घरायसी कामबाट फुर्सद भएको समयलाई सदुपयोग गर्न आफ्नो वडामा भएका दिदी बहिनीहरुलाई समाहित गरी उद्योग सञ्चालन गरेको बताए । १० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको उद्योगमा १३ नम्बर वडामा रहेका १७ जना दिदी बहिनी र ३ जना कर्मचारी कार्यरत छन् ।

उद्योगको स्वामित्व पाएका दिदी बहिनी समुह १३ नम्बर वडाका सीता पहारीले स्थानीय निर्वाचन पश्चात निर्वाचित जनप्रतिनीधिहरुले आफ्नो वडामा रहेका दिदिबहिनीहरुलाई समाहित गरेर उद्योग सञ्चालनमा ल्याएर आफूहरुलाई स्वरोजगार बनाइ श्रीमानसंग भर पर्न नपर्ने वनाएको वताइन । उद्योगबाट दालमोठ, भुजिया, बदाम, फ्राइ चिउरा, ढुम्रो लगायतका सामग्रीहरु उत्पादन हुँदै आएको वताउँदै पहारीले आगामी दिनमा यसको प्रचार प्रसार गरी उद्योगलाई प्रवद्र्धन गर्न आग्रह गरिन् ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter