रञ्जन अधिकारी पोखरा, १५ चैत / साउदी उडेको यही चैत ३ गते बल्ल वर्ष दिन पुग्यो । स्याङ्जा चिलाउनेबास, उखुबारीका दीपेन्द्रराज पौडेल त्यहाँ थला परेकै ३ महिना भईसक्यो । २७ वर्षीय पौडेलले ६ महिनामात्रै राम्ररी काम गरे । सकिनसकी दुई महिना गरे त्यसपछि सकेनन् । ढाँडमा समस्या आएपछि कोठामै थलिएर बसेका छन् । २ लाख रुपैंया नभएर फर्कन सकेनन् ।
बिहे गरेको चार वर्ष मात्रै भयो । घरको आर्थिक अवस्था कमजोर रहेकाले महिनाको ८०० रियल (२१ हजार ६ सय) मात्रै तलबमा अरबको तातो हावामा पसिना चुहाउन उनी राजी भए । यसमा पनि बस्नमात्र सुविधा थियो । खान आफै जोहो गर्नुपथ्र्यो । काठमाण्डौको ए एस इन्टरनेशनल प्रालि म्यानपावरमा एक लाख २० हजार तिरेर साउदी उडे ।
‘म्यानपावरले मलाई पठाएको हेल्परमा हो । तर फलामका भारी काम उठाउने काममा लगायो । हामी काम गर्न नसक्ने भन्दा कम्पनीले कुरै सुनेनन् । काम गर्न बाध्य बनाए ।’ फेसबुकमार्फत हामीसँगको सम्पर्कमा आएका दीपेन्द्रले सन्देश पठाएका छन्– ‘८ घण्टा ड्युटी भनेर पठाएको १० घण्टा गर्न बाध्य बनाईयो । ८० किलोसम्मको फलाम उठाउनुपर्ने काम थियो । त्यसैका कारण हड्डी खिएछ । एकदिन उठ्नै सकिन, बसेको बस्यै भएँ ।’
म्यानपावरले अरेबियन स्पायर भन्ने कम्पनीमा पठाएकोमा कम्पनी उही भएपनि काम फरक गर्न लगाएको उनले दुःखेसो पोखे । म्यानपावरमा १ लाख २० हजार तिरेर आएपनि जम्मा १० हजारको फर्जी बिल दिएको भन्दै उनले म्यानपावरले अहिले वास्ता नगरेको गुनासो गरे ।
‘२ वर्षे करार, ८ घण्टा काम, खाना ३५० साउदी रियल, बस्ने सुविधा छ भनेर पठाएका हुन् ।’ – पोखरेलले भने– ‘बीमा र उपचार कम्पनीद्वारा भनिएको थियो । तर कम्पनीले उपचार गरिदिएन । फर्किदाँको हवाई टिकट कम्पनीले नै भन्ने सम्झौता थियो तर करार अवधि समाप्तभएपछि मात्र भनेकाले त्यो भएन । त्यसैले रोकिएर बसेको छु ।’ म्यानपावरका पिआर अफिसर नारायण भट्टराईको भिजिटिङ कार्डमा रहेको नम्बरमा सम्पर्क गर्न खोज्दा मोबाईल स्विच्ड अफ थियो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन

Powered by © nepali date converter

Twitter