झापा । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको निर्माणाधीन भवन गुणस्तरहिन रहेकाे पाइएको छ । पाँच करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैयाँ ८७ पैसाको लागतमा दी कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाडौंले भवन निर्माण सुरु गरेका थिए । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ६ करोड ९३ लाख १० हजार ६ सय ४५ रुपैयाँ ५ पैसाको अनुमानित लागतमा भवन निर्माणका लागि टेण्डर आवह्रान गरेको थियो । टेण्डर पारेर  निर्माण सुरु गरेको जेभीले गुणस्तरहित सामग्री प्रयोग गर्दा निर्माण नसक्दै भत्किन थालेपछि निर्माणाधीन भवन गुणस्तरहिन भएको पाइएको हो ।

२०७२ साल चैत १० गतेबाट निर्माण प्रारम्भ भएको भवनको २०७४ चैत १० गते निर्माण सम्पन्न गर्ने सम्झौता छ । भवन निर्माण सम्पन्नसंगै १५ शैय्याको प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिने सम्झौता छ । प्राथमिक स्वास्थ्य केन्द्रको सेवा विस्तारसंगै सुरुङ्गासहित दक्षिण क्षेत्रका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको थियो । तर, निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गर्दा निर्माणाधीन भवनको  ढलान गरिएको भुई पक्पकी उप्किन थालेको छ ।

स्थानीयवासीले निर्माणाधीन प्राथमिक स्वास्थ्य केन्द्रको भवन गुणस्तरहीन भएको भन्दै चर्काे विरोध जनाएपछि कनकाई नगरपालिकाले भवन निर्माणको तत्काल काम रोक्न निर्देशन दिएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले निर्माण व्यवसायीलाई भवन निर्माणको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न निर्देशन दिएका हुन ।

प्राथमिक स्वास्थ्य केन्द्रको भवन गुणस्तरहिन भएपछि नगरप्रमुख पोखरेलले व्यवस्थापन समितिलाई सम्झौता बमोजिम किन काम भएन र अव के गर्ने भन्ने विषयमा छलफलका लागि शुक्रवार बैठक बोलाउनु भएको छ । वैठक विहान आठ बजे बस्ने तयारी गरिएको वुझिएको छ ।

नगरप्रमुखका नाताले प्राथमिक स्वास्थ्य केन्द्रको संरक्षक म आफैं भएपनि भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरिएका कारण भवन निर्माणका विषयमा आफूहरुले सम्वन्धित निकायलाई जानकारी गराइएको र निर्माण भइरहेको भवन रोक्न निर्देशन दिएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter