पर्वत/पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सहित ३ यूवा एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

विहिबार राती कुश्मा नगरपालिका ४ छमर्के घुम्तीको एक होटलमा सामुहिक बलात्कार गरेको आरोपमा नेपाल बिद्यार्थी संघबाट निर्वाचित स्ववियू सभापति शिशिर क्षेत्री सहित ३ युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा स्वबियु सभापति कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका शिशिर क्षेत्री सहित, कुश्मा नगरपालिका ५ मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका ६ देविस्थानका सौगात शर्मा पौडेलले युवती माथि जवर्जस्ती करणी गरेका हुन् । उनीहरुलाई कुस्मा नगरपालिका ४ छमर्के घुम्तीस्थत न्यु सेवा गेष्टहाउसबाट प्रहरीले पक्रेको छ

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बागलुङको चैते दशै मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवतीलाई विहिबार दिउँसो ३ बजेदेखि मालढुंगाबाट लिएरका आएका श्रेष्ठ र पौडेलले गेष्टहाउसमा राखेपछि शिशीरलाई बोलाएका थिए ।

दिउँसै देखि खाजा खाँदै छमर्के स्थित न्यू सेवा गेष्ट हाउसमा बसेका दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ बर्षिय युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जर्वजस्ती करण गरेको बुझिएको प्रहरीले बताएको छ । प्रहरीले होटल मालिक नारायण भन्ने शेरबहादुर हमाललाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरु सहित एक युवती सँगै बसेको अवस्थामा रङ्गेहात पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ ।
पिडित युवती र घटनामा संलग्न युवाहरु बीच यस अघि कहीँ कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पिडित युवतीका आफन्तहरुलाई बोलाएर जवजसर््ती करणी अन्तर्गत मुद्धा दायर गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले बताउनुभयो । घटनामा संलग्न तीनै जना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Via: newsdabali.com

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter