नेपालगन्ज — बाँकेको डुडवा गाउँपालिका–२ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले गोली प्रहार गरेर  श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार मध्यराती सञ्जयले २८ वर्षीया श्रीमती शान्ती बर्माको हत्या गरेको प्रहरीले जनाएको छ ।

अनुमति प्राप्त बाह्र बोर बन्दुक घरमै राखेका बर्माले श्रीमतीसँगको विवादपछि गोली प्रहार गरेका थिए ।
दुई वटा गोली लागेर घाइते भएकी शान्तीको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter